धादिङ पौष २२ । धादिङको समग्र पर्यटनलाई विकास गराउन गठन भएको धादिङ गणेश हिमाल पर्यटन विकास समितिमा तेज गुरुङ निर्वाचित हुनु भएको छ ।
काठमाडौ ठमेल स्थित गोकर्ण हाउस रेष्टुरेन्टमा सम्पन्न भएको पाँचौं बार्षिक साधारणसभाबाट धादिङका पर्यटन व्यवसायी गुरुङ निर्विरोज निर्वाचित हुनुभएको हो ।
ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल टानका प्रथम उपाध्यक्षसमेत रहनुभएका गुरुङ यसअघि समितिको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्ष रनकेश गुरुङ, प्रथम उपाध्यक्ष टेक बहादुर खकुरेल, द्धितीय उपाध्यक्ष हिमाल घले, महासचिव राजेन्द्र सुवेदी निर्वाचित हुनुभएको छ भने सचिवमा विनोद सापकोटा र कोषाध्यक्षमा चन्द्र गुरुङ र सहकोषाध्यक्षमा टेकबहादुर गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा प्रदिप तामाङ, दलबहादुर गुरुङ, सन्तबहादुर तामाङ, सुर्य बहादुर तामाङ, गणेश थापा मगर, चन्द्रकुमार लामा, अरुण गुरुङ, दिलबहादुर गुरुङ, डम्बरबहादुर अधिकारी, योगेन्द्र तामाङ, रामकृष्ण तिमिल्सिना, राजेन्द्र सापकोटा, रिता अधिकारी, पे्रम तामाङ, योगबहादुर तामाङ, हर्क गुरुङ, सुक लामा निर्वाचित हुनुभएको छ । दुईजना सदस्य भने कार्यसमितिले पछि मनोनित गर्नेछ ।
कार्यक्रममा धादिङका युवा पर्यटन व्यवसायी माउण्टेन डिलाईटका कमल सापकोटाले यस वर्ष सबै भन्दा बढी पर्यटक धादिङ भित्र्याएकोमा समितिले सम्मान गरेको थियो ।