अमृत तामाङ,
धादिङ सेमजोङ पौष २१ । माओवादी केन्द्र धादिङका सह इन्चार्ज रामबहादुर भण्डारीलाई आज सेमजोङमा नवप्रवेसीलाई खादा ओढाउन भ्याई नभ्याई भएको थियो ।
सम्मेलन उद्घाटन गर्न सेमजोङ उदुघाटन गर्न सेमजोङ पुग्नु भएका नेता भण्डारीलाई पार्टी प्रवेस कार्यक्रम राख्ने कि नराख्ने प्रवेस गराउन थालियो भने निधारित कार्यक्रम सक्न ढिला हुन्छ कि ? गाउँ पार्टीका प्रेम तामाङ प्रश्न गनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको जिम्मेवारी बहन गरि रहनु भएका भण्डारीले नव प्रवेसीलाई स्वागत गर्नुपर्छ आज नभ्याए सेम्मेलन बरु भोली गरुला भनेपछि नवप्रवेसीलाई खादा ओढाउन भ्याई नभ्याई भएको हो ।
सेमजोङबाट विभिन्न पार्टी परित्याग गरि ५५ जना माओवादी केन्द्रमा प्रवेस गरेका छन् । प्रवेस गर्नेहरुमा काँग्रेस एमालेबाट ४० जाना र राप्रपाबाट १५ जना भन्दा बढी कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेस गरेका हुन् । नव प्रवेसीहरुलाई प्रमुख अतिथि भण्डारीले खादा ओडाएर स्वागत गर्नुभएको थियो ।
सम्मेलनले प्रेम तामाङको अध्यक्षता रहने गरी २१ सदस्यीय गाउँ समिति गठन गरीको छ । समितिको उपाध्यक्षमा सोविता तामाङ, सचिवमा सीताराम तामाङ, सह सचिव बुद्धि बहादुर तामाङ, कोषाध्यक्ष उर्मिला तामाङ चयन हुनु भएको छ । सम्मेलनले जिल्ला प्रतिनिधि १३ जना निर्वाचित दगरेको छ ।
नेकपा माओवादी केन्द्र सेम्जोङको अध्यक्ष प्रेम तामाङको भएको सम्मेलनमा जिल्ला सदस्यहरु रामसिं तामाङ, ठाकुर गुरुङ, अमृत तामाङ, हेम थापा तामाङ, सेकेमान तामाङ लगायतको आतिथ्यता रहेको थियो ।