खेल मैदान पछि छात्रबृद्धि तर्फ पूर्व बिद्यर्थीहरु

Avatar photo
Dhadingpost
बिहिबार, पुस २१, २०७३

धादिङबेसी पौष २१ । साङ्कोस पूर्व बिद्यार्थी समाजले पुरानो साङ्कोसका बिद्यालयहरूबाट गरीब, उत्पीड़ित, अपाङ्ग र जेहेन्दार बिद्यार्थीहरू पर्ने गरी प्रत्येक बिद्यालय बाट १,१ जना बिद्यार्थीलार्इ छात्रबृति दिने भएको छ ।

साङ्कोसको पुरानो बिद्यालयबाट स्थापना भएको साङ्कोस भू पु बिद्यार्थी समाजले साङ्कोस उच्च माध्यामिक बिद्यालय पचघरे को खेलकूद मैदान बनाउने सम्पन्न गरे पछि समाजले यो दोश्रो काम गर्ने निर्णय गरेको हो ।

हामी पूर्व विद्यार्थीहरु मिलेर बनेको यस समाजले आर्थिक संकलन गर्ने र सामाजिक काममा प्रयोग गर्ने गरेको पूर्ब बिद्यार्थी परशुराम सापकोटाले बताउनु भयो ।

संस्थामा हाल सम्म जम्मा भएको रकम र केहि जम्मा हुन बाकि रकम छिटो भन्दा छिटो जम्मा गरिदिनु हुन संस्थाका कोसाध्यस मनोज थापाले ऑनलाइन मार्फत जानकारी गराउनु भएको छ ।

सस्थाले छोटो समयमा ठुलो प्रगति गरिसकेको छ संस्थाका अभिभावक ज्यूँ हरु, सल्लाहकारहरु, समाजसेवी, बुद्दिजिबी र संपूर्ण पूर्ब बिद्यार्थीमा आगामी दिन हरुमा पनि हामीलाई साथ दिनुहुनेछ भन्ने आशा राख्दै संस्थाका अध्यक्ष यदु कुमार लम्साल ले संस्था चलाउँदा जे जून किसिमको बाधा अड़चन र समस्याहरु भय पनि आफूहरु निरन्तर लागि परिरहने र बीच-बीचमा गुणस्तरीय शिक्षाको लागि नौलो-नौलो किसिमका कार्यक्रमहरु लिएर आउने समेत बताउनु भएको छ ।