धादिङ पौष १७ । ने.क.पा. माओवादी केन्द्र धादिङको जिल्ला सम्मेलन नजिकदै गर्दा गाउँ सम्मेलनहरु सम्पन्न हुने क्रम जारी रहेको छ ।
आगमी २३-२५ गते सम्म हुने चौथो जिल्ला सम्मेलनको तयारी स्वरूप सबै गा बि।स ।हरूमा पार्टी सदस्यता नबिकरण सकायर वडा सम्मेलन सहित सम्ममा ४० भन्दा बढी गाविसको गाउँ सम्मेलन सकि सकेको माओवादी धादिङले नाएको छ ।
१५ जना पार्टी सदस्यको अनुपापतमा १ जना जिल्ला प्रतिनीधि चयन गर्दै गाउँ सम्मेलन सकिएको छ भने केहि गाउँ समितिका अध्यक्षहरुका नयाँ अनुहार आएको देखिए पनि अधिकाँस पुरानै अनुहारहरु निर्वाचित भै गाउँ सम्मेलन सकिएका छन् ।
सम्मेलन गर्न बाँकी रहेका गाउँ विकास समितिहरुमा पनि पौष २१ गते भित्र गरि सक्ने बतार्यएको छ, र अन्तिम गाउँ सम्मेलन आगामी पौष २१ गते कुम्पुरको हुने पनि बताईएको छ ।
शनिबार कुन कुन गाविसको सम्मेलन भए
खाल्टे
खाल्टे गबिसको तेस्रो गाउँ सम्मेलन बजागाजा सहित उत्साहाका साथ ठुलो जनसहभागितामा भएको थियो । उक्त सम्मेलनको सभापतित्व गणेश गुरुङ प्रमुख अतिथि माओवादी केन्द्र पोलिटब्युरो सदस्य तथा धादिङ जिल्ला इन्चार्ज शालिकराम जाम्कटेल विशेष अतिथि नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिती सदस्य समिती सदस्य सम्बोले तामाङ, धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडा र एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङ जिल्ला इन्चार्ज शंकर अधिकारि लगायतको उपस्थिति रहेको थियो ।
उक्त सम्मेलनले गणेश गुरुङको अध्यक्षतामा तालिका गट्गडाहटका साथ निर्बिरोध निर्वाचित १३ सदस्यीय गाउँ पार्टी समिति चयन गरेको छ ।
strong>आगिन्चोक
नेकपा माओवादी केन्द्र आगिन्चोक गबिसको दोश्रो गाउँ सम्मेलन रामकृष्ण शर्माको सभापतित्वमा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति सदस्य तथा धादिङ जिल्ला सह इन्चार्ज राम बहादुर भन्डारी प्रमुख आतिथ्यमा र अतिथिहरु अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रिय सदस्यहरु रेशम सिंखडा दिपक पाण्डे लगायतको उपस्थिति रहेको थियो । उक्त सम्मेलनले रामकृष्ण शर्माको अध्यक्षतामा २१ सदस्यीय गाउँ पार्टी समितिमा अध्यक्ष रामकृष्ण शर्मा, सचीव राम बसौला, कोषाध्यक्ष राधिका श्रेष्ठ र १० जना प्रतिनिधि समेत निर्वाचित गरि सम्पन्न गरेको छ ।
ढोला
नेकपा माओवादी केन्द्र ढोला गबिस तेस्रो गाउँ सम्मेलन धादिङ जिल्ला वाईसिएल अध्यक्ष राजेश अधिकारिको प्रमुख आतिथ्यमा सुब्बा रम्तेलको अध्यक्षतामा १७ सदस्यीय गाउँ कमिटी र १० जना जिल्ला प्रतिनिधि निर्वाचित गर्दै सकियो ।
जोगिमारा
जोगिमारा गाविसको प्रथम सम्मेलन विनोद शाहको अध्यक्षतामा २५ जना गाउँ कमिटी निर्वाचित गरेको छ, उक्त सम्मेलनको प्रमुख अतिथि तिलक चेपाङ रहेको थियो ।
कल्लेरी
कल्लेरी गबिसको तेस्रो गाउँ सम्मेलन रामशरण सेन्चुरिको अध्यक्षतामा २३ सदस्यीय गाउँ कमिटी निर्वाचित गरि उपाध्यक्षहरुमा नवराज खतिवडा गणेश श्रेष्ठ गौतम खतिवडा सचीवमा जगत रेग्मी सह सचिवमा प्रशान्त खतिवडा र कोषाध्यक्षमा जीवन भुजेल रहने र र ८ जना जिल्ला प्रतिनिधि चयन गर्दै सकियो ।
जिवनपुर
जिवनपुर सम्मेलनको सभापतित्व कृष्ण कुमार रेग्मि प्रमुख अतिथि माओवादी केन्द्र महाधिवेशन आयोजक समिति सदस्य दिपक लामिछाने ९सुबोध ० र विशेष अतिथि नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिती सदस्य समिती सदस्य नारायण लामिछाने र जिल्ला आयोजक समिति सदस्य बासु बास्कोटा किसान नेता नवराज लुइँटेल लगायतको उपस्थिति रहेको थियो । उक्त सम्मेलनले बिनोद लुइँटेलको अध्यक्षतामा तालिका गट्गडाहटका साथ निर्बिरोध निर्वाचित १५ सदस्यीय गाउँ पार्टी समिति चयन गरि गाउँ सम्मेलन भब्य रुपमा सम्पन्न गरेको छ । निर्वाचित कार्यसमितिमा अध्यक्ष बिनोद लुइँटेल, उपाध्यक्ष दिनेश मगर, सचीव ऋषि ढकाल,सह सचीव श्याम लोप्चन, कोषाध्यक्ष भगवती कडेल साथै उक्त सम्मेलनले जिल्ला सम्मेलनको लागि १५ जना प्रतिनिधि समेत निर्वाचित गरेको थियो ।
पिडा
नेकपा माओवादी केन्द्र पिडा गाविस वडा नं ५ को चौथो सम्मेलन सम्पन्न भएको छ । पिडा गाविसका अध्यक्ष अर्जुन भुजेलको सभापतित्व तथा केद्रीय सम्मेलन आयोजक समितिका सदस्य एवम धादिङ जिल्ला सचिवालय सदस्य ध्रुव सुवेदिको प्रमुख आतिथ्यतामा गाउँपार्टी गठन गरीएको हो । केन्द्री सम्मेलन आयोजक समितिका सदस्य प्रभात किरण सुवेदीको विशेष आतिथ्यता रहेको थियो । सम्मेलन बाट २५ सदस्यीय कमिटि गठन गरीएको छ । नव निर्वाचित अध्यक्षमा अर्जुन भुजेल, उपाध्यक्षमा भक्त बहादुर तामाङ, शंकर पण्डित, राम ब. तामाङ, सचिवमा कृष्ण वहादुर मगर, सह सचिवमा उपेन्द्र भण्डारी, सन्तमान चेपाङ, बलराम रिजाल, र कोषाध्यक्षमा जानुका भुजेल चयन हुनु भएको पिडाबाट कृष्ण बहादुर मगरले जानकारी दिनुभयो ।
नलाङ
नेकपा माओवादी केन्द्र नलाङको पाँचौ सम्मेलले रामबहादुर सिलवाललाई अध्यक्ष चयन गर्दै २५ सदस्यीय गाउँ समिति चयन गर्दै सकिएको छ । यस्तै ८ जना निर्वाचित प्रतिनीधिहरुकमा नारायण सिलवाल, झम्क परियार राम्जी परियार सुमन खनाल, विशेस्वर पण्डित, गंगाप्रसाद रिमाल, सुर्य तिमल्सिना रहेका छन् ।
नीलकण्ठ
नेकपा माओवादी केन्द्र नीलकण्ठ नगरपालिका वडा नं २ को प्रथम वडा सम्मेलनले २ सदस्य पछि थप्ने गरी २१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको अध्यक्षमा भोज बहादुर गुरुङ, उपाध्यक्षमा राजेश गुरुङ, सचिवमा नारायण कार्की, सहसचिवमा ईश्वर कुमार भण्डारी , कोषाध्यक्षमा भक्तकुमारी भण्डारी चयन हुनुभएको छ । त्यसै गरी सम्मेलन बाट ७ जना जिल्ला सम्मेलन प्रतिनिधि चयन गरेको छ । प्रतिनिधिहरुमा मनराज भण्डारी शैलेष, सिता भण्डारी अन्जना , रामचन्द्र सामरी, भोज बहादुर गुरुङ, देव विक, राजेश गुरुङ, राजाराम रिजाल निर्वाचित हुनुभएको छ ।
किराञ्चोक
नेकपा माओवादी केन्द्र किराञ्चोक गाविसको चौथोगाउँ सम्मेलन सम्पन्न भएको छ । बद्री जमरकटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला आयोजक समितिका तारा भण्डारी को प्रमुख आतिथ्यता रहेको थियो । बद्री जमरकटेलको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरीएको छ । कमिटिको उपाध्यक्षमा दिपक तामाङ, चेली माया तामाङ, सचिवमा देवराज ओझा, सह सचिवमा विनेश तामाङ चयन हुनुभएको छ । त्यसैगरी सम्भु बस्नेतको संयोजकत्वमा ७ जना सचिवालय सदस्य तथा जिल्ला सम्मेलनको लागी २० जना प्रतिनिधि चयन गरीएको किराञ्चोकबाट किशोर अधिकारीले जानकारी दिनुभयो ।
फुलखर्क
नेकपा माओवादी केन्द्र फुलखर्क गाउँ कार्य समितिको अधिवेशन सम्पन्न भएको छ । सम्मेलन आयोजक समितिका अध्यक्ष हस्त बहादुर सिंखडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अखिलनेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य तथा माओवादी केन्द्र जिल्ला आयोजक समिति सदस्य नवराज अधिकारीकोे प्रमुख आतित्थ्यता रहेका थियो । सम्मेलनबाट २३ सदस्यीय गाउँकार्य समितिको चयन गरेको छ । समितिको अध्यक्षमा राजकुमार कार्की, उपाध्यक्षमा कुमार बहादुर बानियाँ, सचिवमा कुमार अधिकारी, कोषाध्यक्षमा मिन बहादुर नेपाली, सहसचिवमा संगिता अधिकारी चयन हुनु भएको फुलखर्कबाट दामोदर भट्टले जानकारी दिनुभयो ।
सल्यानकोटका
नेकपा माओवादी केन्द्र सल्यानकोटको अध्यक्ष पुण्य प्रसाद सिखंडाको सभापतित्वमा सम्पन्न भएको सम्मेलनमा अखिल नेपाल शिक्षक सगंठनका केन्द्रिय सदस्य अर्जुन बहादुर नगरकोटीको प्रमुख आतिथ्यता रहेको थियो । नारायण प्रसाद तिमल्सिनाले सञ्चालन गर्नु भएको कार्यक्रममा सहिद परिवारका सदस्यहरु, जनवर्गीय सगंठनका पदाधिकारीहरु तथा पार्टीका शुभचिन्तकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । सम्मेलनले पुण्य प्रसाद सिखंडाको अध्यक्षतामा २१ सदस्यीय नेकपा माओवादी केन्द्रको गाँउ कमिटि गठन गरिएको सल्यानकोटबाट रविन्द्र बस्नेतले जानकारी दिनु भएको छ ।