माओवादी केन्द्रको एकै दिन ३ गाविसको सम्मेलन सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, पुस १६, २०७३

धादिङबेसी पौष १६ । नेकपा माओवादी केन्द्र धादिङले गाउँ सम्मेलनलाई तिब्र पारे सँगै शुक्रबार नौविसे, छत्रेदेउराली र बैरेनीको सम्मेलन सम्पन्न गरेको छ ।

राजकुमार पाठक नौबिसे, छत्रेदेउराली कुमार तामाङ र बैरेनीमा बिक्रम तमाङ अध्यक्ष निर्वाचित भएका छन् ।

बैरेनी
नेकपा माओवादी केन्द्र बैरेनी गाबिसको पाँचौ गाउँ सम्मेलन बिक्रम तमाङको सभापतित्वमा माओवादी केन्द्र धादिङ जिल्ला इन्चार्ज शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यमा विशेष अतिथि नेकपा माओवादी केन्द्र महाधिवेसन आयोजक समिती सदस्य ध्रुव सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
निर्वाचित कार्यसमिति यसप्रकार रहेको छ ।
अध्यक्ष- बिक्रम तामाङ
उपाध्यक्ष- प्रेम अधिकारि
मोदनाथ खतिवडा
भरत अधिकारि
सचीव- रामप्रसाद अधिकारि
सह-सचीव- सरोज तामाङ
कोषाध्यक्ष- बासु खड्का

नौबिसे
त्यसैगरी नेकपा माओवादी केन्द्र नौबिसे गाबिसको छैटौं गाउँ सम्मेलन राजकुमार पाठकको सभापतित्वमा माओवादी केन्द्र आयोजक समिति सदस्य दिपक लामिछाने प्रमुख आतिथ्यमा विशेष अतिथि नेकपा माओवादी केन्द्र आयोजक समिती सदस्य राजन रेग्मी लगायतको उपस्थिति रहेको थियो । उक्त सम्मेलनले राजकुमार पाठकको अध्यक्षतामा ४१ सदस्यीय गाउँ पार्टी समिति चयन गरि गाउँ सम्मेलन भब्य रुपमा सम्पन्न गरियो । २१ जना जिल्ला प्रतिनिधि समेत चयन गरियो ।

छत्रेदेउराली
नेकपा माओवादी केन्द्र छत्रेदेउराली गबिसको सम्मेलन कुमार तामाङको सभापतित्वमा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति सदस्य नारायण लामिछाने प्रमुख आतिथ्यमा विशेष अतिथि नेकपा माओवादी केन्द्र जिल्ला आयोजक समिती सदस्य बासु बास्कोटा लगायतको उपस्थिति रहेको थियो । उक्त सम्मेलनले कुमार तामाङको अध्यक्षतामा १५ सदस्यीय गाउँ पार्टी समिति चयन गरि गाउँ सम्मेलन भब्य रुपमा सम्पन्न गरियो ।
निर्वाचित कार्यसमिति
अध्यक्ष- कुमार तामाङ
उपाध्यक्ष- भिमसेन भारती
सचीव- मुकेस तामाङ
सह सचीव- निराजन खकुरेल
कोषाध्यक्ष- लोक प्रशाद पाठक