पूर्व जनमुक्तिसेना दिप किरणको अपिल

Avatar photo
Dhadingpost
शनिबार, पुस १६, २०७३

किरण सिटौला (दिप किरण क्षेत्री)
पुर्ब जनमुक्ति सेना नेपाल ठेगाना : सल्यानकोट धादिङ

न्याय र मुक्तिको बाटो हेरेर न्यायको प्रखाईमा बस्नुहुने समस्त आदरणीय क्रान्तिकारी न्याय प्रेमी जनसमुदायहरु, सहिद परिवार बेपत्ता परिवार जनहरु सर्बपर्थम क्रान्तिकारी लाल सलाम ।

आदरणीय जनसमुदायहरु तपाईं हामी न्याय र मुक्तिको अन्तिम लडाइँमा जुटिरहेको छौँ । देश अाज भीषण लडाइँको नजिक छ गरिब निमुखा गरि खाने बर्ग र लुटेर खाने शासकहरुको बीच अन्तिम लडाइँ हुने निश्चित छ । आज देश साम्राज्यवाद र बिस्तारवादको खेल मैदान जस्तै भएको छ नेपाली जनता न्याय मुक्ति नपाए उकुस मुकुस हुन बाध्य छ । महंगी भ्रष्टाचार लुटतन्त्र हत्या हिंसा बलात्कारको सिकार हुन बाध छ जनता गुन्डागर्दी र तस्करीहरुले देश चलाई रहेका छन्, यस्तो हालतमा देश छ।  अर्को तर्फ संसदवादी दलहरु शासकहरु जनता माथि दमन गरेर आफ्नो लुटको स्वर्ग कसरी जोगाउने भनेर मरिहत्ते गरिराखेको छ। जनताले उपचार नपाएर अकालमा मर्न बाध्य भएकोछ भने यता शसकहरु जनताको रगतमाथी होलि खेल्दै छ ।

आदरणीय जनसमुदाय यो सबै आसमानताको अन्त्यको लागि अन्तिम लडाइँ गर्नै पर्छ नत्र तपाईं हाम्रो भबिस्य अन्धकार हुने निश्चिति छ । इतिहास साक्षी छ संघर्ष बिना परिवर्तन भएको छैन बलिदान बिना मुक्ति भएको छैन ।

आदरणीय जनसमुदाय हिजो जनयुद्धको नेतृत्व गर्नेहरुले आज तपाईं हामीलाई चिन्दैन जो आज प्रतिक्रियावादी ठेकेदारहरुको नेतृत्व गरेर सिंहदरबारमा रमाउदैछ, तिनीहरु दलाल हो तिनीहरु गद्दार हो जसले १३ औं हजार सहिद र त्यति नै  हाराहारीमा बेपत्ता भएको योद्धाहरुको रगतमा होलि खेल्दै आज कुर्सीको बार्गेनिङ गर्दै छन् ।

अब तिनीहरुबाट जनताले कुनै पनि अधिकार पाउने वाला छैन र तिनीहरु बाट न्याय र मुक्तिको आसा गर्नु भनेको मुर्खता हो । जो मान्छेहरु संसदवादमा सत्ता र सुबिधामा रमाईरहेकोछ तेसले जनताको लागि काम गरेको रेकर्ड र इतिहास आज सम्म छैन हामीले २००७ देखिको संसदीय राजनीति हेर्दै आयको छौ । आदरणीय जनसमुदाय टालटुल पारेर पुरानै अनुहारले पुरानै सैलिमा चलाएको नक्कली व्यबस्थाले तपाईं हाम्रो भबिस्य सुनिश्चित हुनेवाला छैन ।

साम्राज्यवाद र बिस्तारवादको दाललहरुबाट देश र जनताको भबिस्य सुनिश्चित हुन्छ भनेर बिश्वास गर्ने आधार छैन यी सबै यथार्थलाई मध्यनजर गर्दै यो नक्कली लुट व्यबस्थाको अन्त्य गर्नको लागि र नयाँ जनवादी व्यबस्थाको ल्याउनको लागि हामीले एकीकृत जनक्रान्तीको घोषणा गरिसकेका छौँ ।

आदरणीय जनसमुदाय, सहिद परिवार, बेपत्ता परिवार जनहरु घाइते परिवार जनहरु म यहाँहरु समक्ष म पुनः अपिल गर्छु एकीकृत जन्क्रन्ती बिना अब न्याय र मुक्ती सम्भाव छैन, त्यस कारण अब हामी यो अन्तिम पटक एकजुट भएर न्याय र मुक्तिको यात्रामा अगाडि बढ्नुको बिकल्प छैन । जित जनताकै हुनेछ । यो अन्तिम संघर्ष एक जुट भएर अगाडि बढौं ।

(यो प्रकाशित अपिल लेखकको बिचार हो)