धादिङबेसी पौष १५ । धादिङबेसीमा जारी पाँचौ धादिङ महोत्सवको आठौं र नौं दिनको लागि आयोजकले वितरण गरेको सबै पास रद्द्ध भएको घोषणा गरेको छ ।
सार्वजनिक विदा परेको यी दुई दिन दर्शकहरुको उपस्थिति राम्रो रहने आँकलन गरेको यो दुई दिन आयोजकले वितरण गरेको सबै पास रद्द्ध गरि टिकट वितरणलाई महत्व दिएको आयोजक धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीले बताउनु भयो । उहाँले म आफु सहित आयोजक सबैले टिकट काटेर महोत्सव स्थत जान्छौ आयोजकका तर्फबाट वितरण गरिएको पास मध्य स्टलपासलाई मान्यता दिईने र अरु कुनै पनि पास मान्य नहुने बताउनु भयो ।
किन भयो पास रद्द्ध
महोत्सव सुरुभए देखि नै आयोजकमा देखा परेको पास वितरणको विवाद पास वितरण गर्ने शैली र आकलन गरिए भन्दा बढी पास बाहिर गएपछि आयोजक अन्तिममा पास रद्द्ध गर्न पुगेको मानिन्छ ।
पास दिने र कुनै विशेष दिन पास रद्द्ध गर्दा आयोजकमा केटकेटी पन देखिएको पनि आयोजक समितिका एक सदस्यले बताए, कि सबै दिन रद्द्ध गर्नु के को नाटक हो, उनलले भने ।
महोत्सव अवलोकन पास सबै भन्दा बढी दलहरु नेपाली काँग्रेस र माओवादी केन्द्रले ४/४ सयको हाराहारी, त्यहि रेसियोमा बहिस्कार गरेको भनेको एमाले, साना दल, सुरक्षा भन्दै लगिएको कार्ड यति नै भन्ने रेकर्ड आयोजक सँग पनि नरहेको ति सदस्यले बताए ।