भूकम्पपीडितलाई थप एक लाख अनुदान

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १५, २०७३

काठमाडौं पौष १५ ।  सरकारले भूकम्पपीडितलाई अनुदानस्वरुप राहत रकम बढाएर ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

यसअघि २ लाख दिने निर्णय भएकामा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले १ लाख थप गरेर ३ लाख राहत दिने निर्णय गरेको हो ।

सरकारले पहिलो चरणको अनुदान रकमअन्तर्गत ५० हजार रुपैयाँको वितरण कार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

भूकम्पपीडितले भने राहत तथा अनुदानमा ढिलासुस्ती भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।
राजधानी दैनिकमा खबर छ ।