गुम्दीमा टिपर पल्टदा ३ जना घाईते

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १५, २०७३

कृष्ण राना मगर,

धादिङ गुम्दी पौष १५ । उत्तरी धादिङको गुम्दी गाउँ विकास समितिमा टिपर दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।

आँखुखोलाबाट बालुवा लिएर फुलखर्क जाँदै गरेको धादिङको गुम्दी ६ लुङ्री भन्ने ठाउँमा स्वराज ट्रक बा ४ ख ४१६६ नम्बरको गाडी बिहिबार साँझ र्दुर्घटना हुँदा ३ जना घाईते भएका हुन् ।

कच्ची सडकबाट करिब १२ मिटर तल खसेको छ। फुलखर्क ४ ढाडाखर्क बस्ने अन्दाजी १४र१५ वर्षको सुक्रराज गुरुङ गम्भीर घाइते भएको छन्।चालक दिलमान गुरुङ र राम बहादुर गुरुङ सामान्य घाइते भएका छन् ।घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकी सामान्य उपचार पछि जिल्ला अस्पताल धादिङबेसी ल्याईएको छ ।