धादिङ पौष १४ । यतिबेला धादिङबेसीमा महोत्सव चलिरहेको छ ।
कृषि र पर्यटनलाई जोड दिएको भनिएको यस महोत्समा आयोजकको दावी अनुसार महोत्सवमा स्थानिय कृषिलाई जोड नदिएको भएता पनि केहि स्टलहरु हेर्नै पर्ने खालका छन् ।
अहिले सम्म ४० हजार टिकट विक्रि भैसहेको बताएको आयोजक धादिङ उद्योग वाणिज्यका अनुसार महोत्सव भने ५० हजार भन्दा बढिले अवलोकन गरि सकेका छन् ।
पौष ७ गते प्रधान मन्त्री प्रचण्डले उद्घाटन गरेपछि जारी रहेको महोत्सव १७ गते सम्म जारी रहने छ ।
महोत्सवको आकर्षण
१. सल्यानटारको मास र भटमास
दैनिक सरदर १० हजारको कारोबार गर्दै आएको यो स्टल धादिङलाई चिनाउने स्टलको रुपमा हेरिएको छ ।
२. कृषि स्टल
अवलोकनको लागि विगतका महोत्सवमा जस्तै अनौपचारिकता पुरा गर्ने गरि कृषि कार्यालयले गेट कै छेउमा राखेको धादिङका कृषि जन्य सामानहरु छन् ।
३. वन कार्यालयको स्टल
जिल्ला वन कार्यालय र सामुदायीक वन महासंघले राखेको स्टलमा समेत वनमा पाईने जडिबुटी देखि घरायसी उत्पादन समेत राखिएको छ । त्यहाँ हामी पुग्दा २ जना बहिनीहरु हुनुहुन्थ्यो । त्यहाँ रहेका सबै चिजको जानकारी लिन र जडीबुटीको नाम जानकारी लिन खोज्दा आफुहरुलाई समेत नाम थाहा नभएको बताए तर यो स्टलपनि हेर्नै पर्ने र बुझ्नै पर्ने खालको छ ।
४. जिल्ला घरेलु विकास समितिले राखेका घरेलु उद्योगका उत्पादन
५. गणेश हिमाल विकास समितिले धादिङको रुवी प्रर्दशनमा राखेको छ भने पर्यटन विषयमा जानकारी दिदै आएको छ ।
६. महोत्सवमा चलेको अर्को स्टल (१०१) हो, होलिस्टिक हेल्थ धादिङले राखेको कालो धान जी ६० को ध्यान सबैमा गएको देख्न सकिन्छ । खाद्य पोषण युक्त सामान बेच्दै आएको होलिस्टिकले कालो चामल सँगै कालो धान समेत व्यापार गर्दै आएको छ ।
७. पूर्व जनमुक्ति सेनाका लक्ष्मण रम्तेलको होटलमा दैनिक १५ हजारको कारोबार हुनेगरेको र परिकार पनि स्तरीय रहेका ग्राहकहरु बताउछन् ।
८. धादिङबेसी शितलबजार स्थित पशुपति दुग्ध सहकारीले पनिरको म म बेच्दै आएको छ ।
९. महोत्सवमा सुरक्षार्थ प्रहरी
१०. हिमालयन ब्रुअरी तथा त्रिशक्ति डिष्टिलरी अवलोकन गर्ने पनि कम छैनन् महोत्सवमा स्टल नं. ९१ मा रहेको EXE, Vodka, Ice berg Beer पनि उल्यख्य विक्रि भएको कम्पनि प्रतिनीधि सुदिप भट्टले जानकारी दिनु भयो ।