अब रहेनन् कमलमणि दीक्षित

Avatar photo
Dhadingpost
बिहिबार, पुस १४, २०७३

काठमाडौं, पुस १४। साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

श्वास प्रश्वासको समस्याबाट पीडित उहाँको ललितपुरको बीएन्डबी अस्पतालमा उपचारको क्रममा निधन भएको विभिन्न संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
तीन महिनायता फोक्सोको क्यान्सरबाट पीडित उहाँलाई श्वास प्रश्वासमा समस्या भएपछि गत सोमबार अस्पताल भर्ना गरिएको थियो ।

वि।सं। १९८६ साल भदौ कुशे औंसीका दिन काठमाडौंको गौरीधारामा जन्मनुभएको उहाँ ललितपुरको पाटनढोकास्थित निवासमा बस्दै आउनु भएको थियो ।

दीक्षितका आफ्ना सिर्जना र सम्पादित पुस्तक गरी ७५ भन्दा बढी कृति प्रकाशित छन् । विशेष गरेर साहित्यिक अनुसन्धानमा चाख राख्ने उहाँका ‘यस्तो पनि’, ‘कालो अक्षर’, ‘कागतीको सिरप’, ‘चार कन्था’, ‘शाखा सन्तान’ लगायत कृति उल्लेख्य छन् ।

विभिन्न सामाजिक, साहित्यिक, शैक्षिक र व्यावसायिक संघसंस्थामा आबद्ध रहेका दीक्षित मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयका संस्थापक हुनुहुन्छ ।