जिल्ला सम्मेलन नजिकियो गाउँ सम्मेलन सुरु

Avatar photo
Dhadingpost
बिहिबार, पुस १४, २०७३

विकास भण्डारी,
धादिङ थाँक्रे पौष १४ । नेकपा माओवादी केन्द्र धादिङको जिल्ला सम्मेलन नजिकँदै गर्दा गाउँ सम्मेलनहरुलाई सम्मेलनहरु सुरु हुन थालेका छन् ।

जिल्ला सम्मेलन आयोजक समितिले सबै गाविसहरुमा एकै दिन ( पौष १५ गते ) सम्मेलन सक्ने निर्णय गरे पनि तोकिएको मिति अगाडी नै गाउँ सम्मेलन सम्पन्न हुन थालेका छन् यहि शिलसिलामा बुधबार थाक्रे गाबिसको चौथो गाउँ सम्मेलन सम्पन्न भएको हो ।

पुजन थापाको सभापतित्वमा माओवादी केन्द्र धादिङ जिल्ला इन्चार्ज शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यमा विशेष अतिथि नेकपा माओवादी केन्द्र महाधिवेसन आयोजक समिती सदस्य दिपक लामिछाने, अ.ने.म.संघ धादिङ जिल्ला उपाध्यक्ष गंगोत्री चौलागाईं, जिल्ला आयोजक समिति सदस्य ज्ञानेद्र बिडारी लगायतको उपस्थिति आतिथ्यता रहेको थाँक्रे सम्मेलनले पुजन थापाको अध्यक्षतामा २१ सदस्यीय गाउँ पार्टी समिति चयन गरेको छ, भने ११ जना जिल्ला प्रतिनीधि चयन गर्दै सम्मेलन सकिएको छ ।

सर्व सहमतिले निर्वाचित कार्यसमिति

अध्यक्ष पुजन थापा
उपाध्यक्ष राज कुमार गुरुङ
इन्द्र थापा
सचीव मिलन लामा
सह सचीव बिकास भन्डारी
कोषाध्यक्ष मनु पन्त
११ जना जिल्ला प्रतिनिधि समेत चयन गरियो ।