विप्लव कार्यकताले कुम्पुरमा शिक्षकलाई कालोमोसो दले

Avatar photo
Dhadingpost
सोमवार, पुस ११, २०७३

धादिङबेसी पौष ११ । धादिङको कुम्पुर गाविसमा रहेको वाघबच्छला माविका शिक्षक गणेश श्रेष्ठलाई विप्लव माओवादीका कार्यकर्ताले कालो मोसो दालेका छन् ।

परिक्षा चलि रहेको वेला सवा १ बजे एक्कासी केहि विद्यार्थी भित्र पसे र शिक्षक श्रेष्ठमाथि कालो मोसो दले एक प्रत्यक्षदर्शि शिक्षकले धादिङपोष्टलाई बताउनु भयो ।

केहि समय पहिला जवरजस्ती करणीमा प्रहरी हिरासद वसेको शिक्षक श्रेष्ठलाई राजनीतिक आस्थाका कारण प्रशासनले कार्वाही नगरिएको वताउदै विप्लव निकट अनेरा स्ववियु (क्रािन्तकारी) धादिङले विद्यार्थीहरुले कालो मोसोदलेका जिल्ला अध्यक्ष बद्री अधिकारीले बताउनु भयो ।

समाजले कलंकित ठहर्याएको श्रेष्ठलाई कसरी शिक्षक मान्ने, हाम्रो संगठन गुणस्तर शिक्षाका लागि लड्दै आएको छ यहि जवरजस्ती करणी गर्ने व्यक्तिले कस्तो शिक्षा देलान् कालोमोसो श्रेष्ठलाई मात्र हैन यस्ता नरपिचार शैक्षिक क्षेत्रका माफियाहरुलाई समेत लगाईन्छ धादिङपोष्ठ सँग अध्यक्ष अधिकारीले बताए ।

कालो मोसो दले पस्चात संगठनले निकालेका विज्ञप्ती