धादिङ पौष ११ । संसार बदल्ने वैचारिक हतियारका प्रतिपादक माओको आज देशभर १२४ औं जन्म जयन्ती मनाईदै छ ।
आज डिसेम्बर २६ तारिख । आजको दिन विश्व क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको निम्ति एक ऐतिहासिक दिन हो । किन कि आजकै दिन अर्थात् सन् १८९३ डिसेम्बर २६ तारिखका दिन विश्व सर्वहारावर्गका महान नेता तथा चीनीया कम्युनिष्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओत्सेतुङको जन्म भएको थियो ।
आज चीन लगायत विश्वभरका क्रान्तिकारी कम्युनिष्टहरुले कमरेड माओको १२४ औं जन्मजयन्ती बढो धुमधामका साथ मनाउन गइरहेका छन् र क।माओका योगदानहरुको रक्षा गर्ने प्रण गर्दै तथा माओद्वारा प्रतिपादित माओवादलाई संसार बदल्ने वैचारिक हतियारको रुपमा आत्मसात गर्ने कठिबद्धता जाहेर गरिरहेका छन् ।
नेपालमा पनि माओवादी केन्द्रले जिल्लालाई सर्कुलर जारी गर्दै ७५ वटै जिल्लामा १२४ औं माओ जयन्ती मनाउन निर्देशन गरेको छ ।
माओको जीवनी
माओ त्से-तुंग (Mao Zedong) अथवा (Mao Tse-tung)को जन्म २६ दिशम्बर १८९३ मा र मृत्यु ९ सितम्बर १९७६ मा भएको हो|उनी चीनी क्रान्तिकारी, राजनैतिक विचारक र साम्यवादी दलका नेता हुन्, जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो| उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका हुन् | मार्क्स वादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओवादको नामले जानिन्छ|
वर्तमानमा कतिपय मुलुकमा माओ एक विवादास्पद व्यक्ति मानिएता पनि चीनमा राजकीय रुपमा महान् क्रान्तिकारी, राजनैतिक रणनीतिकार, सैनिक पुरोधा अनि देशरक्षक मानिन्छन्| धेरै चीनी व्यक्तिहरुको मत अनुसार माओले आफ्ना नीति र कार्यक्रमका माध्यमले वर्तमान चीनको आर्थिक, तकनिकी एवं सांस्कृतिक विकास तथा पछाडिएको देशलाई संसारको प्रमुख शक्तिको रुपमा खडा गराउन गतिलो भूमिका निभाएकाछन्| उनी कवि, दार्शनिक, दूरदर्शी महान् प्रशासकको रुपमा मानिन्छन् यसको विपरीत, माओका सामाजिक तथा राजनीतिक कार्यक्रमहरु ग्रेट लीप फॉरवर्ड (Great Leap Forward) र सांस्कृतिक क्रांतिको कारण गंभीर अकाल सृजना भएको र चीनी समाज,अर्थव्यवस्था तथा संस्कृतिलाई समेत हानि पुरयाएको कुरामा कतिपय व्यक्तिहरु विश्वास राख्दछन्, जसको फलस्वरुप सन् १९४९ देखि १९७५ सम्म करोडौं मानिसहरुको व्यापक मृत्यु भएको बताउँछन्|माओ संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरुमा गनिन्छन्| र टाइम मेगाजिनपत्रिका अनुसार २०औं शताव्दीका १०० सबभन्दा प्रभावशाली व्यक्तिहरुमा माओ पर्छन्|
प्रारम्भिक जीवन
जिन्हाई क्रातिको बेला माओ हुनानको स्थानीय रेजिमन्टमा भर्ती भई क्रान्तिकारिहरुको तर्फबाट लडाईंमा भाग लिए, जब कुइङ् राजवंश सत्ताच्युत भयो त्यसपछि माओ सेना छोडी पुनः विद्यालय गए| सन् १९१८ मा स्नातक बनेपछि सन् १९१९ को चार मई आन्दोलनको निम्ति आफ्ना शिक्षक अनि भविष्यका ससुरा प्राध्यापक याङ् च्याङ् जि सित बेजीङको यात्रामा गए| प्राध्यापक याङ् च्याङ् जि पेकिङ् विश्वविद्यालयमा महत्वपूर्ण पदमा रहेको कारण उनको सिफारिसमा माओले सहायक पुस्तकालयाध्यक्ष पदमा रही काम गरे| माओले अंशकालिक (part-time) छात्रमा पंजीकृत भई केही मात्रामा व्याखान र विद्वानहरुको सेमिनारहरुमा भाग लिए । संघाईमा रहँदा साम्यवादी सिद्धान्तको अध्ययनमा आफूलाई संलग्न गराए|
माओ पुस्तक लेख्दै सन् १९३८
लुओ यिक्सिनोसित विवाहित( बाबुले गराईदिएको विवाह जसलाई माओले कहिल्यै स्वीकारेनन्)) भएर पनि उनले प्रोफेसर यांगकी छोरी तथा आफ्नी सहपाठी यांग काइहुइसित् बिहे गरे। अक्टूबर १९३० मा, कुओमिन्टांग (KMT)लेयांग काइहुइ र उसको छोरा एनिंगलाई पक्रा गर्यो । (KMT)ले दुवैजनालाई बन्दी बनायो, पछि गएर एनिंगलाई उसका आफन्तकहाँ पठायो तर उसकी आमालाई भनें मारिदियो। त्यस बेला माओ उनकी सहकर्मी १७ वर्षिया केटी हि जिझेन्सित बस्थे, भाषा कौशलतामा कमजोर भएकाले जियांग सम्प्रदायसित बसेता पनि उनले मन्दारिन् चीनि भाषा सिक्न सकेनन्। उनले फ्रांसमा अध्ययन गर्ने अवसरलाई पनि अस्वीकार गरे।
२३ जुलाई १९२१ का दिन, माओले, २७ वर्षको उमेरमा संघाइमा चीनको कम्युनिष्ट पार्टीको राष्ट्रीय कांग्रेस मा भाग लिए । दुइ वर्षपछि, उनी पार्टीको तेस्रो कांग्रेस अधिवेशनमा पांच कमिसारमध्येमा एक प्रतिनिधिको रुपमा छानिए सोहि साल केन्द्रीय समितिको आदेशमा माओ हुनान् कुओमिन्टांग साखा सञ्चालन गर्नका निम्ति हुनान् फिरे। सन् १९२४ मा, उनी कुओमिन्टांगको राष्ट्रीय अधिवेशनका प्रतिनिधि बने,जहाँ उनी केन्द्रीय समितिका अतिरिक्त प्रमुख छानिए।