नीलकण्ठको जुरेथुम कैलाश टाकुरोमा भ्यू टावर राख्न अवलोकन

Avatar photo
Dhadingpost
आइतवार, पुस १०, २०७३

धादिङवेसीबाट ७ किलोमिटरको दुरीमा रहेको नीलकण्ठ जुरेथुम कैलाश टाकुरोमा भ्यू टावर राख्न अवलोकन गरिएको छ ।

यस कैलाश टाकुरोमा View Tower काे सम्भावनाको बारेमा अवलोकन भ्रमण तथा स्थानीय संगकाे अन्तरक्रिया कार्यक्रममा सम्पूर्ण दलका प्रतिनिधि तथा नगरपालिका परिवारको सामुहिक उपस्थितमा अवलोकन गरिएको हो ।

अवलोकनमा सहभागि नयाँ शक्तिका नेता तथा स्थानिय अशोककुमार बस्नेतले आफ्नो फेसबुक स्टाटरमा लेखेका छन् । नीलकण्ठ नगरपालिकाको वडा नं-१ जुरेथुममा अवस्थित १७७८ मिटर अग्लो कैलाश (बागेश्वरी )नजिकैको टाकुरो (जहाँबाट धादिङ बजार लगाएतकाे धेरै गाविस, नुवाकोटका धेरै भुभाग, नागढुङ्गाकाे डाँडा, ८००० मि. माथिका थुप्रै हिमाल देखिन्छ ।)

यहि जुरे थुमको बारेका आफ्नो फेसबुकमा स्थानिय तथा संचार कर्मी गंगालाल गुरुङ आफ्नो फेसबुकमा लेख्छन् ।

जुरेथुम पोखराको सराङकोट भन्दा कम छैन

जिल्लाको शान मान र उत्सव प्रथम धादिङ महोत्सव नारा लिएर शुरु भएको धादिङ महोत्सव यो साल सम्म पाँचौ पटक अहिले धादिङवेशीमा जारी छ । शुरुको महोत्सव हुदा नै जुरेथुमबाट प्याराग्लाईडिङ भएको थियो । त्यसबेला पनि प्याराग्लाईडिङ सफल रुपमा धादिङवेशीको हेलिप्याडमा अवतरण गराउन सफल भएका थिए ।

यसपालीको महोत्सवमा पनि जुरेथुमबाट प्याराग्लाईडिङ हुदैछ । यसको लागि आवश्यक तयारी अहिले भईरहेको छ भने आगामी सोमबारवाट जुरेथुमबाट सिधै धादिङवेशीसम्म आकाशमा उडन पाउनु हुने भएको छ । यसलाई महोत्सवमा मात्र नभई निरन्तरताको कामना गर्न चाहन्छु । धादिङवेशीबाट ७ किलोमिटरको दुरीमा रहेको जुरेथुम यस पाँचौ धादिङ महोत्सवले पर्यटन प्रर्वद्धनमा टेवा पुग्नेछ भन्नेमा आश राख्दछु । फोटोः अशोककुमार बस्नेत