विकास भण्डारी,
धादिङ तसर्फ पौष १० । एमाले चुनाव गराउन नदिने खेलमा लागेको माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्कट्टेलले आरोप लगाउनु भएको छ ।
नेकपा माओवादी केन्द्र तसर्पुको तेस्रो गाउँ सम्मेलन शनिबार उद्घाटन गर्दै नेता जमकट्टेलले चुनाव हुनु पर्छ भनेर जनतामा भ्रम छदैै सरकारलाई चुनाव गराउन नदिने खेलमा लागेको बताउनु भएको हो ।
माओवादी केन्द्रको सरकारले संविधान संशोधन गरि मधेशवादी दलहरुको समेत माग पुरा गर्दै चुनाव गराएरै छाड्ने बताउँदै नेता जमकट्टेलले एमालेले टार्न खोजेर स्थानिय चुनाव नटर्ने वताउनु भएको थियो ।
उहाँले जानोस् जनताका घर घर अब कुरा हैन काम गर्ने बेला आएको छ, नेता बन्न खोज्ने मात्र हैन नेता बन्न जनताको काम गर्नु पर्छ जनताको मन नजिति कसरी नेता बन्न सकिन्छ कार्यकर्तालाई निर्देशन दिनु भएको थियो ।
जिवनाथा सुवेदीको सभापतित्वमा माओवादी केन्द्र धादिङ जिल्ला इन्चार्ज शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यमा विशेष अतिथि नेकपा माओवादी केन्द्र महाधिवेसन आयोजक समिती सदस्य दिपक लामिछाने, अ.ने.म. संघ धादिङ जिल्ला उपाध्यक्ष गंगोत्री चौलागाईं , जिल्ला आयोजक समिति सदस्य पुजन थापा र हिरा थापा मगर लगायतको उपस्थिति रहेको थियो । उक्त सम्मेलनले भुमी बहादुर तामाङ अध्यक्षतामा १७ सदस्यीय गाउँ पार्टी समिति चयन गरेको छ ।
निर्वाचित कार्यसमिति
अध्यक्ष भुमी बहादुर तामाङ
उपाध्यक्ष कर्ण बहादुर तामाङ
शेर बहादुर तामाङ
सचीव सुरेन्द्र वाइवा
सह सचीव मान बहादुर टुप्पा
कोषाध्यक्ष सान्ती अर्याल
५ जना जिल्ला प्रतिनिधि समेत चयन
कार्यक्रममा एमालेबाट पुर्ब वडा अध्यक्ष राम बहादुर घलान सहित ३४ जना माओवादी केन्द्रमा प्रवेष गरेका थिए ।