काँग्रेस शैक्षिक विकासका लागि प्रतिवद्ध- रुवालि

Avatar photo
Dhadingpost
आइतवार, पुस १०, २०७३

धादिङ पौष १० । श्री सुन्दरी उच्च माध्यमिक विद्यालयमा ५४ औं वार्षिक उत्सवको अवसरमा विविध सांस्कृतिक कार्यक्रम सहित शनिबार विद्यालय भबन उद्घाटन गरीएको छ ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक होम प्रसाद सिटौलाको सभापतित्वमा सम्पन्न भएको हो ।

दोस्रो संविधानसभाको प्रत्यक्ष तर्फको उम्मेद्वार नेपाली काँग्रेस महासमिति सदस्य तिलक रुवालिको प्रमुख आतित्थ्य तथा संविधान सभाका सदस्य दिलमान पाख्रिनको विषेश आतित्थ्यता रहेको थियो ।

नेपाली काँग्रेस शैक्षिक विकासका लागि सुधारमा प्रतिवद्ध रहेको बताउँदै नेता रुवालीले भुकम्पका कारण धादिङका अधिकाँश विद्यालयका भवन भत्तिएको र अहिले पनि खुल्ला आकास मुनि त्रिपालको भरमा पढ्न बध्यभएको बताउँदै भवन निमार्णलाई छिटो छरितो पार्न नेपालि काँग्रेस घनिभुत तवरले लागेको समेत उहाँले बताउनु भएको थियो ।

कार्यक्रममा विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष, शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी लोक दोहोरी गायिका मनमाया वाईवाको विषेश सांस्कृतिक प्रस्तुति रहेका विनोद भण्डारी ले जानकारी दिनुभयो ।