धादिङबेसी पौष ९ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीका प्रिन्सिपल गोविन्द बुढाथोकि प्याप्सन धादिङको अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
नीजि तथा आबासीय बिद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन धादिङको धादिङबेसीमा सम्पन्न सातौ अधिबेसनबाट बुढाथोकि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अध्यक्ष बुढाथोकि सहित प्याब्सन धादिङको नव निर्वाचित सातौँ कार्य समितिमा उपाध्यक्ष भुवन त्रिपाठी, सचिव विश्वनाथ उप्रेती
कोषाध्यक्ष दिनेश भट्ट, सह सचिव केदार पाठक, सह कोषाध्यक्ष जयराम ढुङ्गाना रहेका छन् ।
यस्तै सदस्यहरुमा शिवकुमार श्रेष्ठ, मदन श्रेष्ठ, मीना प्रधान, सञ्चुमायाँ राई, टीका थपलिया, ईश्वर बुर्लाकोटी, रामहरी अधिकारी रहेका छन् ।