महोत्सवमा हेली र प्याराग्याईडिङ

Avatar photo
Dhadingpost
शनिबार, पुस ९, २०७३

heliधादिङबेसी पौष ९ । धादिङबेसीमा जारी पाँचौ धादिङ महोत्सवमा आन्तरीक पर्यटनलार्य जोड दिदै सोमबारबाट हेलिकप्टर र प्याराग्याईडिङ संचालन गरिने भएको छ ।

विगतको महोत्सवमा हेलिबाट धादिङका विभिन्न स्थानको दृष्यावलोकनमा रमाएका धादिङबासीहरुले यो महोत्सवमा पनि हेलिकप्टर र प्याराग्याईडिङको माग भएकोले सोमबारबाट यी दुबै हेलिकप्टर र प्याराग्याईडिङ संचालन गर्न लागिएको गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष कुलबहादुर गुरुङले जानकारी दिनु भयो ।

धादिङ महोत्सव आयोजक धादिङ उद्योग वाणिज्य संघको पहल रगणेश हिमाल पर्यटन विकास समितिका संयोजनमा ल्याउन लागिएको हेलिकप्टर र प्याराग्याईडिङ सेवा ११ गते देखि १६ गते सम्म संचालन गरिने गणेश हिमाल पर्यटन विकास समिति धादिङका संयोजक शुकतामाङले बताउनु भयो ।

हेलिकप्टरले धादिङ जिल्लाकै पर्यटकीय क्षेत्रा रुबि भ्याली सहित धादिङका प्रमुख सिवशेषता वोकेका ठाउँहरु अवलोकन गर्न सकिने र प्याराग्याइडिङ महोत्सव स्थल नजिकै नीलकण्ठ गाविसको जुरेथुमबाट संचालन गरिने समेत संयोजक तामाङ बताउनु भयो । गणेश हिमाल पर्यटन विकास समितिले अहिले महोत्सवमा स्टल लिएर आफ्नो संस्थाको विषयमा जानकारी दिई रहको छ ।