रामकोटमा धादिङ कै ठुलो पानी ट्याङ्की निमार्ण सुरु

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ८, २०७३

धर्मेन्द्र श्रेष्ठ,

धादिङ मुरली भञ्ज्याङ पौष ८ । एक घर एक धारा भन्ने मुल नाराका साथ निलकण्ठ नगरपालिका वडा नम्बर ८ रामकोट हटियामा जिल्ला कै ठुलो खानेपानी ट्याङकी निमार्ण कार्य सुरु भएको छ ।

एक्सन नेपाल र इन्टरनेश्नल मेडिकल क्याम्पसद्धारा निमार्ण सुरुगरिएको खाने पानी ट्याङ्कीको कुल लागत स्टमेट ४४ लाख रहेको छ । वर्षौ देखि खानेपानीको कट बेहोर्दै आएका मुरली भञ्ज्याङबासी पानी ट्याङ्की बन्ने भएपछि अहिले हर्षित बनेका छन् ।

एक्सन नेपाल र इन्टरनेश्नल मेडिकल क्याम्पसले ३५ लाख, निलकण्ठ नगरपालिकाद्धारा ४ लाख ३० हजार र मुरलीभज्याङ वृहत खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिद्धारा ४ लाख ७० हजार गरी जम्मा ४४ लाखको सहयोगमा ३ लाख ५० हजार लिटर क्षमता भएको धादिङ जिल्लाकै सबै भन्दा ठुलो खानेपानी ट्याङकीको निमार्ण सुरु भएको हो ।

६ सय घर दुरी भएको उक्त गाउँमा ३५ सय जनसङ्ख्या र २१ टोल रहेको छ । प्रत्येक घरमा पानीको धारा पुग्ने हुँदा उक्त गाउँका बासीन्दाहरु खुशी भएका हुन् ।