धादिङबेसी पौष ७ । नेपाल सरकारका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धादिङको विकास बारे ३ प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
आजदेखि धादिङबेसीमा सुरुभएको महोत्सव उद्घाटन गर्दै प्रधान मन्त्री प्रचण्डले धादिङको मुख्य ठुला ३ विकास निमार्णबारे चासो राख्दै प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
प्रचण्डले धादिङबेसी देखि तिप्लिङ सडक निर्माण, धादिङबेसदेखि भर्याङ्भुरुङ सडक पुरा गर्न सरकारले तत्काल सम्बन्धीत निकाएको ध्याना कर्षण गराउने बताउँदै यी दुई सडक सम्पन्न भएपछि धादिङको विकासले फड्को मार्ने बताउनु भएको थियो । उहाँको तेस्रो प्रतिबद्धता बुढीगण्डकी जलविद्युत परियोजाको काम अगाडी बढी रहेको थियो बुढी गण्डकी राष्ट्र कै गौरवको योजना भएको बताउँदै सरकारले उच्चप्रथामिकतामा राखेको छ काम अब द्रुत गतिमा बढ्ने बताउनु भएको थियो ।
प्रचण्डले एमाले लाई लक्षित गर्दै प्रतिपक्षको भुमिका गलत प्रचार गर्दै हिड्ने र सडकमा टायर बाल्नु मात्र नभएको बताउँदै तत्काल सहमतिमा आई संविधिन संशोधनको विद्ययकलाई छलफलमा लान सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
महोत्सवमा एमाले नेताको उपस्थित देखिएन
धादिङ उद्योग वाणिज्य संघको चुनाव देखि रुष्ट बनेको नेकपा एमालेका कुनै पनि नेता तथा सभाषद महोत्सव उद्घाटनमा देखिएनन् । एमाले बाहेका दलहरुको प्रतिनीधिहरु देखिएको मञ्चमा एमालेका कुनैपनि सभाषद र नेताहरु उपस्थित नहुँदा महोत्सवमा एमालेको असहयोग छ कि भन्नेहरु पनि कार्यक्रममा भेटिृका थिए । महोत्सवमा भेटिएका एक जना एमालेका नेताले धादिङपोष्ट सँग आफ्नो नाम नबताउने सर्तमा एमालेले यो महोत्सवलाई सहयोग नै गरेको छ सरकारी क्षेत्रबाट आउने सहयोगलाई हामीले विरोध गरेका छैनौं सरकारमा जस्तै उद्योग वाणिज्य संघ धादिङको काँग्रेस माओवादी केन्द्रको गठबन्धन छ हामीलाई वास्तै गदैनन् । हाम्रो उस्थिति भयो भने उहाँहरुमा कुनै अनिस्ट भयो जस्तो गर्नु हुन्छ त्यसैने नआएका हौ । एमालेको पूर्ण सहयोग भएको भए धादिङबेसी बजार महोत्सवमय हुन्थ्यो तर अहिले रायटार पुगेपछि मात्र महोत्सव जस्तो देखिन्छ उनले भने ।
पत्रकारलाई प्रचण्डको नीजी सुरक्षाकर्मीले अपशब्द
महोत्सवमा फोटो खिच्न पुगेका पत्रकारहरुलाई प्रचण्डको सुरक्षामा खटेका सुरक्षा कर्मीहरुले दव्यवहार गरेका थिए । आयोजकले पत्रकारको लागि सहज तरिकाले रिपोटिङ गर्ने व्यवस्था नगर्नु र सुरक्षा कर्मीले स्टेजमा गएर फोटो खिच्न दिएका थिएनन् । पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुलीलाई समेत स्टेजमा जान रोकेका थिए भने प्रेस सेन्टरका धादिङका अध्यक्ष नारायण सिलवाललाई प्रचण्डको नीजी सुरक्षाकर्मीले अपशब्द प्रयोग गरेका थिए ।
कर्मचारी सँग प्रचण्ड
महोत्सवको उद्घाटन मन्तव्य पछि प्रधान मन्त्री प्रचण्ड धादिङका कार्यालय प्रमुखहरु सँग अन्तरक्रिर्या गर्नु भएका थियो ।
जिल्ला विकास समितिको हलमा भएको अन्तरक्रियामा प्रचण्डले सुसाशन विकासका निम्ति निर्धक्क भएर काम गर्न निर्देशन दिनु भएको थियो ।
कार्यकर्ताको सँग भेटेनन्
माओवादी केन्द्र धादिङका कार्यकर्ता सँग भेटघाट गर्ने कार्यक्रम प्रचण्डले स्तगित गर्नुभएको छ । निधारित कार्यक्रम अनुसार ३ बजे नै जिल्ला विकास समितिको हलमा कार्यालय प्रमुखहरु सँगको भेटघाट पछि कार्यकर्ता भेटघाट हुने जानकारी भए पछि माओवादी कार्यकताएहरुको भिड लागेको थियो जिविसमा तर प्रचण्ड समए अभाव भयो भन्दै कार्यकर्ता सँग भेटघाट गर्न सकिएन भन्दै स्थानिय विकास अधिकारी भगवान अर्यालको कार्यकक्षमा १० मिनेट खाजा खाएर फर्कनु भएको थियो । १० मिनेट खाजा खाने समय रहेछ हिजो भात खाँदै हामी सँग गफ गर्न हुने आज १० मिनेट खाजा खाँदै हामी कार्यकर्ता सँग बस्न नहुने कार्यकर्ताहरुले आफु आफु कानेखुसी गरेका थिए । यस विषयमा केहो भनेर धादिङका सह इन्चार्ज रामबहादुर भण्डारीलाई बुझ्दा समय अभाव कै कारण कार्यकर्तालाई प्रचण्ड नभेट्नु भएको हो खाजा खादै भेटेको भए पनि हुन्थ्यो खै त्याता तिर समय मिलाउने कमरेडहरुले ख्याल गर्नुभएन यस्मा अन्यथा लिनु हुँदैन भन्नु भयो ।