महोत्सवको तयारी पुरा, प्रचण्डले उद्घाटन गर्दै

Avatar photo
Dhadingpost
बिहिबार, पुस ७, २०७३

धादिङबेसी पौष ७ । धादिङबेसीमा हुन लागेको पाँचौ धादिङ महोत्सवको सम्पूर्ण तयारी सकिएको आयोजकले बताएको छ ।
धादिङ उद्योग वाणिज्य संघको आयोजनामा आज देखि सुरुहुन लागेको पाँचौ महोत्सव आज दिउँसो १ बजे नेपालका प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुने छ ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ पौष ७ देखि १७ गते सम्म हुनगहि रहेको यस महोत्सवमा सत्यनटारको मास, दार्खाको आलु देखि यस अघिका महोत्सवमा घाँटी भन्दा माथि मौरीले छोपेर ख्याती कमाएका नलाङका केशव अर्याले पुरै शरीर मौरीले छोपेर देखाउने छन् । त्यस्तै जिल्लामा उत्पादीत कृषि जन्य उत्पादनको प्रतियोगिता गराईने छ ।

महोत्सवमा धादिङमा कस्ता जडीबुटी छन् त्यसको महोत्व सहित जिल्ला वन कार्यालयले स्तल राखेर जडीबुटी प्रदर्शन गर्ने जिल्ला वन कार्यालयका प्रमुख इमनाथ पौडेलले जानकारी दिनुभयो । ढुङ्गा तथा रत्नपत्थरको प्रदर्शनी, रेशमकिराबाट उत्पादन भएका कपडा प्रदर्शनी तथाविक्रि, हस्तकलाका सामाग्री प्रदर्शन गरिने बताईएको छ ।

आज धादिङबेसीमा प्रचण्डको ३ वटा कार्यक्रम

१ बजे देखि २ बजे सम्म महोत्सव उद्घाटन र उद्घाटन मन्तव्य
२ बजे देखि साढें २ बजे सम्म जिल्ला स्थित सरकारी कार्यलय प्रमुखलाई निर्देशन तथा भेट घाट
साढें २ बजे देखि ३ बजे सम्म माओवादी केन्द्र धादिङका नेता तथा कार्यकर्ता सँग अन्तरक्रिया ।