कस्तोलाई वीर अस्पतालमा निशुल्क उपचार

Avatar photo
Dhadingpost
पुस ५, २०७३

Ram Thapa Chhetri

दीर्घ तथा जटिल रोग लागेका बिरामी, जिल्ला (अन्य) अस्पतालबाट रिफर भएर आउने बिरामीहरुले सम्बन्धित गाबिस अथवा समाजिक इकाइबाट आर्थिक बिपन्नताको परिचय खुल्ने ब्यहोराको सिफारिस साथमै लिएर आउनु भयो भने वीर अस्पतालमा निशुल्क उपचार हुन्छ ।

साथै ज्येष्ट नागरिक, अपाङ्ग, भुकम्प पीडितले पनि आफ्नो परिचय पत्र साथमै लिएर आउनुहोला । आज मात्रै नुवाकोट अस्पतालबाट रिफर भएर आउनु भएका एकजना हेमोरेजिक स्ट्रोकका बिरामीको सिटि स्क्यान लगायत अन्य सबै टेस्टहरु फ्री गराइयो ।

आबस्यक कागजपत्रहरु साथमै भए वीरमा उपचार निशुल्क हुन्छ। धेरै जनताले यो सुबिधाको बारेमा थाहा पाएका छैनन। त्यसैले आफ्नो नजिकका छरछिमेक, गरिब, असहाय कोही कसै यो सुबिधा प्राप्त गर्नबाट बन्चित छन भने कृपया जानकारी गराइदिनुहोला । राज्यले दिएको सुबिधा पाउनु सबै नागरिकको अधिकार हो।