नेताले माग्न सिकाए अब परिवर्तन आफैबाट गरौ -तामाङ

Avatar photo
Dhadingpost
मङ्लबार, पुस ५, २०७३

buddilal-finalधादिङ पौष ५ । क्यानडा बस्दै आउनु भएका धादिङ धुवाँकोटका समाज सेवी वुद्धिलाल तामाङले अहिले सम्म नेपालमा नेताहरुले माग्न सिकाए अब परिवर्तन आफैबाट सुरु गरौ बन्नु भएको छ ।

शिक्षा, स्वास्थ्य, सडक र भुकम्पपिडितलाई निरन्तर सहयोग गर्दै आएका तामाङले सोमबार पात्लेमा आयोजत खुल्ला दिसामुक्त गाविस घोषणा तथा गुम्बा र सहिद स्मृति सभाहल उद्घाटन कार्यक्रममा समाज सेवीको तर्फबाट बोल्दै अहिले साँच्चै नयाँ नेपाल बनाउने हो भने राजनीतिक रुपमा नेपाल धेरै अगाडी बढि सकेको छ अब विकासलाई जोड दिनेहो भने विचारमा परिवर्तन, सोचमा परिवर्तन हुुनु पर्ने बताउनु भएका छ ।

उहाँले अहिले सम्म हामी नेपालीले माग्न मात्रजान्यौ अब आर्थिक समृद्धिका लागि हामी रुपान्तरण रुदै विल्कुल नयाँ बन्नु पर्छ बिचार दृष्टिकोण परिवर्तन गर्न सके नेपालमा आर्थिक समृद्धी टाढा नरहेको बताउनु भएको थियो ।