सुमन अधिकारी,
धादिङ धुवाँकोट पौष ५ । जनयुद्धको समयमा ८ जनाले सहादत प्राप्त गरेको गाउँ धुवाँकोट पात्लेमा सोमबार गुम्बा र सहिद स्मृति सभा हल उद्घाटन तथा धुवाँकोट गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको छ ।
नेपाल सरकारका संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री श्री प्रसाल जगवुले धुवाँकोट गाविसलाई दिशामुक्त गाविस घोषणा गर्दै गुम्बा र सहिद स्मृति सभाहल उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा मन्त्री जगवुले धादिङका ९० प्रतिशद भुकम्प पिडितले आवस निर्माणको लागि पहिलो किस्ताको रकम पाइको र अरुको खातामा पनि रकम जम्मा भैसकेको बताउदै गुनासो फारमको पनि अब सरकारले छिट्टै टुङ्गो लगाउने बताउनु भएको थियो ।
माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्कट्टेल, सह इन्चार्ज रामबहादुर भण्डारी, जिल्ला संयोजक विजय बुर्लाकोटी, नेपाली काँग्रसका नेता भक्त लामा स्थानिय स्तरका राजनीतिक दलका प्रतिनीधिहरुको आतिथ्यता रहेको कार्यक्रममा स्थानियहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
एकै गाउँ धुवाँकोट पात्लेबाट जनयुद्धको क्रममा भएका सहिदहरु