युवा संघ अध्यक्ष हत्या : यसरी हानियो गोली

Avatar photo
Dhadingpost
मङ्लबार, पुस ५, २०७३

durga-tiwariबुटवल, पौष ५ । एमालेको भातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिउको छ । देवदह नगरपालिकाको खैरहनीमा सोमबार अपराह्न उनको हत्या गरिएको हो ।

दिउँसो साढे ३ बजे खैरहनीबाट मोटरसाइकलमा दक्षिणतर्फ जाँदै गर्दा तिवारीमाथि गोली प्रहार भएको थियो । 

यसरी हानियो गोली
डिएसपी बेलबहादुर पाण्डे, रुपन्देही प्रहरी प्रवक्ता

दुर्गा तिवारी आफैंले मोटरसाइकल चलाएका थिए । मोटरसाइकलको पछाडि अर्को एक व्यक्ति बसेका थिए । उनीहरुको पिछा गर्दै रातो पल्सरमा दुईजना गएको भन्ने प्रारम्भिक रिपोर्ट आएको छ ।

रातो पल्सरमा आएकाले केही अगाडि बढेपछि ओभरटेक गर्ने क्रममा तिवारीलाई गोली हानेको देखिन्छ । पछाडि बसेकालाई भने केही भएको छैन । आक्रमणकारीले एउटा मात्रै गोली हानेका छन् ।

छातीको बायाँ साइडमा अर्थात मुटुमै गोली लागेको रहेछ । घटनालगत्तै प्रहरीले चारैतर्फ सुरक्षामा कडाई गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।