नि:शुल्क कृषिऔजार वितरणले सत्यदेवीबासी हर्षित

Avatar photo
Dhadingpost
आइतवार, पुस ३, २०७३

प्रमोद भट्ट
धादिङ, सत्यदेवी पौष ३ । जव खेतिपातीको समय सुरु हुन्थ्यो सत्यदेवी ९ धादिङकी जेनिशा घलेलाई खेतबारी कसरी जोत्ने भन्ने मस्याले सारै पिरल्थ्यो । भनेको समयमा गोरु र जोत्ने मान्छे नपाउदा समयमै खेतिपाति लगाउन नसक्ने अबस्था थियो । गाउका अधिकांस पुरुष रोजगारीको शिलसिलामा गाउभन्दा बाहिर भएपछि खेतिपातीको समयमा गाउमा मान्छे पाउन सारै अप्ठ्यारो स्थिती थियो । मान्छे पाहिले पनि धेरै ज्याला तिर्न पर्ने अबस्था थियो तर हिजो आज उनको दैनिकी फेरीएको छ ।

एक्सन नेपाल र अक्सफाम जिवीको साझेदारीमा संचालित नेपाल भुकम्प प्रतिकार्य परियोजना अन्तरगत, आपतकालिन खाद्य सुरक्षा तथा जिविकोपार्जन कार्यक्रमसंग संबन्धित कृषि औजार सामाग्री पाए पछि अहिले उनी गोरु खोज्ने समस्याबाट मुक्त भएकी छिन्। अहिले सत्यदेवी गाविसका महिलाहरु सजिलै ट्याक्टरले आफ्नो खेतबारी जोत्न सक्षम भएका छन् ।

उनी मात्रै होइन सत्यदेवी ५ कि निर्मला तामाङ पनि हिजो आज गाउमै भित्रिएको मकै छोडाउने मेसिन पाए पछि दंग छिन् । हात र खोयाले घण्टौ लगाएर छोडाउनु पर्ने मकै कम समयमै मेसिनले छोडाइ दिए पछि आफ्नो समय निकै बचत भएको उनको भनाई छ । यता सत्यदेवी २ का साइमन तामाङ गाउमा भित्रिको कोदो चुट्ने फल्ने मेसिन पाए पछि आफुमा खुसीको सिमा नरहेको बताउछन् । लड्डीले घण्टौ लगाएर कोदो चुट्ने परम्पराको अन्त्य भएको उनको भनाइ छ । त्यस्तै धान मकै कुट्ने मिल पाए पछि सत्यदेवी ८ का रामबहादुर तामाङ घण्टौ भारि बोकेर धान मकै कुट्न जानु पर्ने समस्याबाट मुक्ति पाएको बताउछन् । यि त प्रतिनिधि पात्र मात्रै हुन् । अहिले गाउँका अधिकांस मानिसहरु आधुनिक कृषि यन्त्र पाएपछि निकै खुसि भएका छन् ।

गाउका किसान हरुको आबश्यकता, कृषिमा आधुनिकरण गरि उत्पादनमा वृद्धि र यान्त्रिकरणमा जोड दिन यस्ता कृषि सामाग्री वितरण गरिएको एक्सन नेपालका अध्यक्ष भिमप्रसाद ढुङ्गाना बताउनुहुन्छ । किसानहरुकै माग र आबश्यकता अनुसार सबैले सहजरुपमा संचालन गर्न सक्ने कृषि उपकरण बितरण गरिएको र यसबाट सत्यदेवी गाविसका सबै किसान लाभान्वित हुने अक्सफाम धादिङका जिविको पार्जन कार्यक्रमका प्रमुख कमल प्रसाद खनालको भनाइ छ ।

सत्यदेवि गाविसमा समुहगत रुपमा १२ वटा समुलाई लक्षित गरि ७ वटा जोत्ने ट्याक्टर, ३ वटा कोदो चुट्ने फल्ने मिल, २१ वटा इलेक्ट्रिक मकै छोडाउने मेसिन, २ वटा धान मकै कुट्ने मिल, ६ वटा अलैची, सुकाउने सोलार ड्यार र ४१ वटा ठेलागाडा वितरण गरिएको कार्यक्रम संयोजक श्याम कृष्ण बजगाईले जानकारी दिनु भयो । सामग्री वितरण समारोहमा जिल्ला कृषि विकास कार्यलय धादिङका प्रविधिक साहायक गोविन्द खनाल,एक्सन नेपालका सचिव हरि खतिवडा लगायत विभिन्न पार्टीका प्रतिनिधि, समाजसेवी,किसान गरि ६ सय भन्दा बढि मानिसको सहभागिता रहेको थियो ।