प्रचण्ड र ओलीको सम्पत्तीले बताउँछ को जननेता

Avatar photo
Dhadingpost
आइतवार, पुस ३, २०७३

धादिङ पौष ३ । नेपाली राजनीतिका दुई महारथीहरु –प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मध्ये को धनी होला ? अदृष्य सम्पत्तिहरु त देखिँदैनन् तर देखिएका सम्पत्तिहरुमा भने नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली धनि देखिएका छन् ।

पटकपटक मन्त्री हुँदै केहि महिना अघिसम्म प्रधानमन्त्री रहेका ओलीको भक्तपुरको बालकोटमा १ रोपनी जग्गामा साँढे दुई तला घर छ । त्यस्तै सोही वडामा छुट्टै आधा रोपनी जग्गा पनि ओलीकी श्रीमति राधिका शाक्यको नाममा रहेको छ । यी जग्गाको मुल्यांकन करोड भन्दा धेरै छ ।

यता प्रधानमन्त्री प्रचण्डको भने आफ्नी श्रीमतिको नाममा चितवनको भक्तपुरमा १ कठ्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । त्यस्तै सम्पत्तिको नाममा पैतृक तीन तोला सुन रहेको समेत उल्लेख गरिएको छ । प्रधानमन्त्री प्रचण्डको सम्पत्तिको नाममा यत्ति देखाइएको छ । उनी लाजिम्पाटमा एउटा भाडाको घरमा रहँदै आएका छन् ।

त्यस्तै ओलीकी श्रीमति राधिका शाक्यको नाममा झापाको पृथ्वीनगरमा १० कठ्ठा जमिन रहेको यसअघि बुझाइएको सम्पत्ति विवरणमा उल्लेख गरिएको थियो । त्यस्तै ओलीकी श्रीमतिकै नाममा १४ तोला सुनका गहना र माछापुछ्रे बैंकमा ९ लाख ५० हजार रुपैयाँ र प्रभु बैंकमा ४ लाख ५० हजार रुपैयाँ रहेको छ ।

यता केपी ओलीकै नाममा भने एभरेस्ट बैंकमा ७ लाख रुपैयाँ रहेको बताइएको छ । श्रीमति शाक्यले १५ लाख बचत गरेकी छिन् । दुई ठूला कम्युनिस्ट पार्टीका अध्यक्षहरु मध्ये ओलीसँग प्रचण्डको भन्दा लाखौं रुपैयाँ बढी रहेको देखिएको छ ।

आफ्नो पार्टी नेतामा रहेको सम्पत्ती पार्टी करण गर्न लगाउन सके एमालेको युवा संघ लोक प्रिय हुने त छ । आफ्नो हात्ती नदेखेर कमिला देखि १ रुपायाँ संकलनले युवा संघलाई केटाकेटी पनको संङ्ग्या दिन थालिएको युवा संघले बुझ्न जरुरी छ ।