धादिङ, खाल्टे पौष २ । नेकपा माओवादी केन्द्र धादिङका सह इन्चार्ज रामबहादुर भण्डारीले जनयुद्ध, जनआन्दोलन मधेस आन्दोलनको उपलब्धी गणतन्त्र, संघियता, धर्म निरपेक्षता जस्ता उपलब्धी कसैले चाहेर खारेज नहुने बताउनु भएको छ ।
खाल्टेमा भएको पार्टीको भेला उद्घाटन गर्दै नेता भण्डारीले काँग्रेस एमालेले हिजो पनि गणतन्त्र र संघियता चाहेका होइनन् आन्दोलनको बलले मान्न बाध्यभएका थिए आज फेरि संघियता खारेज गर्न प्रचण्ड तयार भए भनेर समाजमा भ्रम सृजना गर्न लागी परेको बताउनु भएको थियो । उहाँले माओवादी केन्द्र जनताका उपलब्धीको रक्षा गर्छ, खारेज होईन भन्दै कार्यकर्तालाई संघियता खारेजीको कुरा हल्ला मात्र भएको बताउनु भएको थियो ।
कार्यक्रममा नेपाली काङग्रेस र नेकपा एमालेबाट विद्रोह गरी २५ भन्दा बढी कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । भेलाले शिवराम रिमालको अध्यक्ष्यतामा ११ सदस्य नेकपा माओवादी केन्द्र गठन गरिएको छ ।
त्यस्तै गरी प्रकाश भूजेलको अध्यक्ष्यतमा ११ सदस्य वाइ सि एल समिति, मसिना पौडेलको अध्यक्ष्यतमा ११ सदस्य अखिल महिला सघं क्रान्तिकारी र वावुराम रिमालको अध्यक्ष्यतमा ११ सदस्य अखिल नेपाल किसान सघं क्रान्तिकारीको गठन गरिएको थियो ।
कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक सगंठनको केन्द्रिय सचिवलाय सदस्य शकंर अधिकारी, माओवादी केन्द्र खाल्टे धुवाँकोटका सह इन्चार्ज भरत ढुङगना, जिल्ला सम्मेलन आयोजक समितिका सदस्यहरु, खाल्टे काठमाडौं सम्पर्क मञ्चका पदाधिकारीहरु लगायतको अतिथ्यता रहेको थियो ।