वैद्य, बिप्लव र मोहनबिक्रमले कार्यगत एकताको घोषणा

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १, २०७३


काठमाडौं, पुस १ । मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव र मोहनविक्रम नेतृत्वको तीन पार्टीबीच कार्यगत एकता गर्ने भएका छन् ।

नेकपा मसाल, क्रान्तिकारी माओवादी र नेकपा (माओवादी) पार्टीका तीन प्रमुखले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी कार्यगत एकता गर्दै आन्दोलन अघि बढाउने जनाएका छन् ।

भारतीय विस्तारवादकातर्फबाट राष्टियतामाथिको आक्रमणविरुद्ध कार्यगत एकता गरी संयुक्त रुपमा संघर्षको कार्यक्रम गर्ने निर्णय गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

साथै अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम आगामी २०७४ वैशाख ९ गते संयुक्त रुपमा मनाउने तीन नेताले जारी गरेको संयुक्त विज्ञप्तिमा जनाइएको छ ।