काठमाडौं पौष १ । एमालेको युवा संगठन युवा संघ नेपालले प्रचण्डको सम्पती सार्वजनिकलाई ब्याङ्ग्य स्वरुप रु १ चन्दा संकलन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरणको पक्ष र विपक्षमा चौतर्फि बहस भइरहेको बेलामा युवा संघले यस्तो व्यङ्ग्य गरेको हो ।
काठमाडौं क्षेत्र नम्बर एकको आयोजनामा अभियानले जुलुश समेत निकालेको छ । संघले सांकेतिक रुपमा विरोध गर्दै आर्थिक संकलन अभियान थालेको जनाएको छ । प्रधानमन्त्री प्रचण्डकी पत्नि सिता दाहालको नाममा एक कठ्ठा जमिन र तीन तोला सुन रहेको सम्पत्ति विवरण सार्वजनिक भएको थियो ।
उनीहरुले प्रधानमन्त्रीले आफ्नो विवरण लुकाएर झूटो विवरण सार्वजनिक गरेको आरोप लगाएका छन् । युवा संघले संकलन गरेको रकम साँझ सार्वजनिक गर्ने जनाएको छ । संघले प्रधानमन्त्रीको सम्पत्ति छानबीन गर्नुपर्ने माग समेत गरेको छ ।