काठमाडौँ पौष १ । मुलुकलाई उज्यालो बनाएको नपचाउने एक संगठित गिरोह जसरी भएपनि लोडसेडिङ गराउने धन्दामा लागेको पाइएको छ ।
सुख्खायाममा भारतबाट विद्युत् आयात गर्ने लक्ष्यका साथ निर्माण भइरहेको रक्सौल परवानीपुर अन्तरदेशिय प्रसारण लाइन निर्माणमा एमालेका नेता एवम् पूर्व यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडललगायतको समूहले अवरोध गरेको पाइएको छ । स्थानीय स्तरमा माग हुने विद्युत् आपूर्ति गर्न सो प्रसारण लाइन पञ्चायतकालमा नै निर्माण भएको हो । त्यतिखेर नै स्थानीय प्रशासनले मुआब्जालगायतका विषयमा सार्थक सम्बोधन गरेर निर्माण गरेको प्रसारण लाइन निर्माणमा हाल पूराना कुरा झिकेर पौडेल लगायतको समूहले अवरोध गरेको पाइएको छ ।
माओवादी नेतृत्वको सरकारले योजना, ऊर्जामन्त्री जनार्दन शर्माको नेतृत्वमा उज्यालो नेपाल अभियानले सफलता प्राप्त गर्न थालेपछि एमालेले संगठित रुपमा नै सो अभियानलाई असफल बनाउन लागिपरेको छ । राजधानीको बानेश्वरमा मुसाले काटेको भनिएको केवल तथा बिगारिएको फिडरमा समेत एमालेको हात रहेको बताइन्छ । राजधानीलाई अध्यारो पार्ने मनसायका साथ उक्त फिडर बिगारिएको बताइन्छ ।
रक्सौल परवानीपुर प्रसारण लाइनमा थप क्षतिपूर्ति र मुआब्जाको माग राखेर एमाले बाराका नेता तथा कार्यकर्ताले आयोजनामा अवरोध गरेका छन् । पुरुषोत्तम पौडेलको नेतृत्वमा आयोजनामा अवरोध गर्ने, कुनै पनि हालतमा बनाउन नदिने र थप विद्युत् नआएपछि व्यापारीबाट कसिमन उठाउने मनसायका साथ आयोजनामा अवरोध गरिएको हुन सक्ने देखिन्छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।