धादिङका वन प्रमुखलाई बधाईको ओइरो

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २९, २०७३

धादिङ मंसिर २९ । जिल्ला वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेललाई बधाईको ओइरो लागेको छ ।

धादिङ जिल्लामा भएको वन अतिक्रमण क्षेत्र विभिन्न प्रकारका जोखिम मोलेर खाली गर्न सुरु गरेको भन्दै फरेस्ट टेक्निसियन एशोसियशन केन्द्रिय कार्यालय ले उत्कृष्ट डायनमिक बन अधिकृत सम्मान गरे पछि उहाँलाई बधाईको ओईरो लागेको हो ।

धादिङ जिल्लामा अतिक्रमित वन क्षेत्र खाली गराउने सिलसिलामा पछि मुद्धा खेपी अदालत सम्म पुगेका वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेलले अन्तत सफलता पाएका थिए । आफु कुनै दवाव र रवाफमा आफ्नो जिम्मेवारीबाट न चुक्ने बताउदै वनक्षेत्रमा बनेका घर टहरा भत्तकाउने अभियान अहिले पनि जारी राखेका छन् ।

पौडेलको सम्मानलाई धादिङका पूर्व प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदीले समेत सामाजिक संजानमा पौडेलले पाएको सम्मान आफुले नै पाएको जस्तो लागेको बताएका छन् । सम्मान पाएपछि पौडेलले वन क्षेत्र अतिक्रमण हटाउँनको लागि प्रोत्साहन गरेको वताए । ‘मैले मेरो कर्तव्य निर्वाह गरेको हुँ,’ पौडेलले भने, ‘यो सम्मानले मलाई आफ्नो कर्तव्य र जिम्मेवारी प्रति झनै आत्मबोध गराएको छ ।’