धादिङबेसी मंसिर २५ । धादिङ जिल्लामा ४ वटा महोत्सव सम्पन्न गरि सकेको धादिङ उद्योग वाणिज्य संघ यो पाँचौ पटक महोत्सव गर्न लागेको छ । जिल्लाको आर्थिक सामाजिक विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने उद्योग साझा यस संस्थाले यो महोत्सव विगतको भन्दा पृथक हुने दावी गरेको छ ।
धादिङ जिल्लाको कृषि, घरेलु, पर्यटन, जातीय संस्कृति, वन तथा खनिजजन्य उत्पादनको प्रचार प्रसार एवम् प्रवद्र्धन गर्ने मुख्य उदेश्यलाई यो महोत्सवले महात्वपूर्ण भुमिका खेल्ने र त्यहि अनुरुप महोत्सवको कार्यक्रम तय गरिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीले बताउनु भयो ।
धादिङका संचार कर्मीहरु सँग कुरा गर्दै अध्यक्ष दुवाडीले विगतको सफलता र धादिङको चिनारीलाई अझै उजागर गर्न पाँचौ धादिङ महोत्सव २०७३ आयोजना गरिएका बताउनु भयो ।
२०७३ पौष ७ गते देखि १७ गते सम्म धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं. ४, रायटार (धादिङवेसी) मा हुने महोत्सव करिव २ लाखले अवलोकन गर्ने अनुमान रहेको बताउँदै अध्यक्ष दुवाडीले यसका लागी संचारकर्मीहरुको महत्वपूर्ण भुमिका हुन्छ पूर्ण सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
साना तिना गल्ती कमजोरी कतै हुन गएको भए पछि समिक्षा गरौला यो महोत्सव धादिङको हो धादिङको प्रतिष्ठा सँग जोडिएको छ आफ्ना गाउँघर समाजमा आकर्षित गर्न सक्ने वस्तु ठाउँ कला सस्कृति, भए महोत्सवमा सहभागि गराउन समेत दुवाडील आग्रह गर्नुएको थियो ।
धादिङ महोत्सवकोे मुख्य आर्कषणहरु
- कृषि प्रदर्शनी
- साना तथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्री वितरण
- विविध साँस्कृतिक प्रदर्शनी
- हेलिकोप्टरवाट जिल्लाको पर्यटकिय क्षेत्रहरुको दृष्यावलोकन तथा प्याराल्गाईडिङ
- पर्यटन प्रवद्र्घन सम्वन्धी विविध कार्यक्रमहरु
- स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री
- हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण
- राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती
- खनिजजन्य वस्तुको प्रदर्शनी तथा विक्री
- जडिवुटीको तथा वनजन्य वस्तुको प्रदर्शनी, विक्री तथा जानकारी
- आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी
- इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री-सूचना प्रविधी सम्बन्धी जानकारी
- अटोमोवाईल्सको प्रदर्शनी तथा विक्री वितरण
- रमाईलो मेला-वाल उद्यानमहोत्सव हुने ठाउँ र स्टल रहने नक्शा
महोत्सवमा महिला जेष्ठ नगरीक र विद्यार्थीलाई विशेष छुट
महोत्सवमा विद्यार्थी, अपाङग, जेष्ठ नागरिकलाई अवलोकनको लागि सहुलियत दरमा टिकटको व्यवस्था गरिएको छ । महोत्सव अवधी पुरैको टिकट लिन पनि थप सहुलिएतको व्यवस्था गरिएको छ ।
महोत्सव हुने ठाउँ र स्टल रहने नक्शा
महोत्सव जस अवजस कर्ताहरु
महोत्सव आयोजक: धादिङ उद्योग वाणिज्य संघ
महोत्सव सह–आयोजक: जिल्ला विकास समिति, धादिङ
नीलकण्ठ नगरपालिका, धादिङ
मुख्य प्रयोजक: हंसराज हुसालचन्द एण्ड कम्पनी प्रा.लि.
प्रायोजक: प्रोवायोटेक इष्डष्ट्रिज प्रा.लि.को आधिकारीक विक्रेता दुवाडी एग्रोभेट
सह–प्रायोजक: भिजन इन्फोटेक प्रा.लि., काठमाण्डौं
के. आर. स्टोर, मलेखु एभरेष्ट रेन्ट इन्डष्ट्रिज प्रा.लि.-प्रवेश ट्रेडर्स
प्रवद्र्धक: नेपाल उद्योग वाणिज्य महासंघ
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, पुलचोक, ललितपुर
नेपाल टुरिजम वोर्ड
सहयोगी: जिल्ला कृषि विकास कार्यालय, धादिङ
घरेलु तथा साना उद्योग विकास समिति, धादिङ
जिल्ला पशुसेवा कार्यालय, धादिङ
जिल्ला वन कार्यालय, धादिङ
नेपाल घरेलु तथा साना उद्योग महासंघ, धादिङ
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, धादिङ