धादिङबेसी मंसिर २५ । भुकम्पका कारण धादिङबेसी स्थित नमुना बस्तीमा घर भक्तियो, आगलागी भयो सुरक्षा कर्मी र रेडक्रस कर्मी समय मै पुग्दा मानविय क्षेति भएन ।
धादिङबेसी खुल्ला मञ्चमा बनाईएको बस्तीमा ३ वटा अस्थायी भवनहरु मध्य शुक्रबार २ वटा भुकम्पले भक्तियो र १ घरमा आगलागी भयो ।
नजिकै रहेको सेना प्रहरी र रेडक्रस कर्मी तत्काल उद्दार कार्यमा खटिए विरामी एम्बुलेन्सले रेडक्रस कर्मीेले विरामी ओसारे सेना प्रहरीले भत्तिको व्यवस्सथापन गरे भने आगलागी नियन्त्रमा सहयोग गरे सेनाले लिएर आएको पानीले आगो नियन्त्रण नभए पछि जिल्लाको एकमात्र दमकल बोलाईयो र आगो नियन्त्रण गरियो ।
हेर्दा सत्य र यार्थात जस्तै गरिएको यो घटना विपद र उद्दार कार्यका अभ्यास थियो । नेपाल रेडक्रस सोसइटी जिल्ला शाखा धादिङ तथा जिल्ला दैवि उद्धार समितिको सयोजना उक्त प्रयोगात्मक अभ्यास कार्यक्रम थियो यो ।
विपद्को बेलामा मानिसको ज्यान बचाउने तरिका, विपद परि घाइते भएकालाई कसरी उद्धार गर्ने भन्ने सम्बन्धी कृत्रिम घटनाको प्रदर्शन गरिएको थियो । कार्यक्रममा विपद् पुर्व तयारी तथा कार्यन्वयनका क्रममा कसरी प्रतिकार्य गर्ने, रेडक्रसले प्राथमिक उपचार गर्ने तरिका , आर्मी पुलिसले घाइतेलाई उद्धार गर्ने सम्बन्धि र जिल्ला प्रशासनले सुचना तथा सञ्चारको जानकारी दिने सम्बन्धी कृत्रिम अभ्यास गरीएको थियो ।