धादिङबेसीमा विपदमा उद्दार गर्न कृत्रिम घटना अभ्यास

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २४, २०७३

धादिङबेसी मंसिर २४ । धादिङबेसीमा स्थित खुल्ला मञ्चमा विपदमा कसरी उद्दार गर्ने भन्ने प्रयोगात्मक अध्यास गरिएको छ ।

नेपाल रेडक्रस सोसइटी जिल्ला शाखा धादिङ तथा जिल्ला दैवि उद्धार समितिको सयोजना र अक्सफाम, सेभ द चिल्डेनको साझेदारीमा खुल्ला मञ्चमा उक्त प्रयोगात्मक कार्यक्रम गरिएको हो ।

दिनभर खुल्ला मञ्मा एम्बुलेन्सले साईरन बजाई रहेको थियो । एकापट्टी परालको थुप्रोमा आगोको मुस्लो दन्कि रहेको अको तर्फ स्थायी टहरमा रोहिकराई थियो यसै बीच रेडक्रस कर्मीहरु सँगै सेना आपत्कालिन आदेश अनुरुप खुल्ला मञ्च प्रवेस गर्छन् र आगो निभाउने, विरामी एम्बुलेन्समा राख्ने यी बिहिबार दिनभर खुल्लामञ्चमा देखिन्थ्यो ।

विपद्को बेलामा मानिसको ज्यान बचाउने तरिका, विपद्मा परि घाइते भएकालाई कसरी उद्धार गर्ने भन्ने सम्बन्धी कृत्रिम घटनाको प्रदर्शन गरिएको थियो । कार्यक्रममा विपद् पुर्व तयारी तथा कार्यन्वयनका क्रममा कसरी प्रतिकार्य गर्ने, रेडक्रसले प्राथमिक उपचार गर्ने तरिका , आर्मी पुलिसले घाइतेलाई उद्धार गर्ने सम्बन्धि र जिल्ला प्रशासनले सुचना तथा सञ्चारको जानकारी दिने सम्बन्धी कृत्रिम अभ्यास गरीएको थियो ।

कार्यक्रममा नेपाल आर्मी नेपाल पुलिस, शसस्त्र प्रहरी, रेडक्रसका कर्मचारीहरु, अक्सफमको कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।फोटो गुगल