धादिङबेसी मंसिर २३ । धादिङबेसीमा हुन लागेको पाँचौ धादिङ महोत्सवको उद्घाटन प्रधानमन्त्री प्रचण्ड र समापनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निमान्त्रण गरिएको छ ।
आगामी पौष ७ देखि १७ गते सम्म संचालन गरिरने महोत्सव तयारीका क्रममा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडी सहितको टिम आफै पुगि प्रचण्ड र देउवालाई निमन्त्रण गर्ननु भएको हो ।
दैनिक तयारी मिटिङमा जुटेको उद्योग वाणिज्य संघ धादिङका नेतृत्वहरुले यो महोत्सव विगतको भन्दा पृथक रहने बताएको छ ।
सरकारी कार्यालयका प्रमुखहरु सँग छलफल गरिसेको र मंसिर २४ गते जिल्लाका राजनैतिक दलसंग छलफल गर्ने कार्यक्रम छ । त्यस्तै २५ गते मुल आयोजक समितिको वैठक र पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
मुख्यत जिल्लाको कृषि, घरेलु, खनिजजन्य, वनजन्य एवम् जडिवुटिको प्रदर्शनी गरी प्रवर्दन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न १६० वटा स्टल रहनेछ । महोत्सवमा राष्ट्रिय तथा जिल्लाका ख्याति प्राप्त कलाकारहरुवाट दैनिक प्रस्तुति रहनेछ ।
यो पनि पढौं ।
धादिङ महोत्सव विशेष अन्तरवार्ता