धुवाँकोट गाविस बिकास निर्माणमा मेरो सहयोग

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २२, २०७३

Buddhi Tamang
मलाइ लाग्छ धुवाकोट गाबिसको बिकास निर्माणमा मैले पनि केही न केही योगदान पुर्याएको छु । विशेष गरि खानेपानी तथा सर्सफाइका क्षेत्रमा । विशेष गरि मेरै नेतृवमा सन्चालित तीन बर्षे खाने पानी आयोजना जस्ले करिब गरिब 75% जनतालाइ खाने पानी उपलब्ध गराएको थियो । चर्पी बनाउने सर्सफाइ सम्बधी तालिम दिने काम भएको थियो ।

सरस्वती उच्च मा बि लाई माबी बनाउने काममा पनि मेरो योगदान रहेकै हो । गौरीशंकर निमाबी को रुम टु रिड को भबन बनाउन पनि मेरो योगदान रहेकाइ हो । गौरीशंकर लाई सहिद पतिवारले पाउने सम्पुर्ण रकम हस्तान्तरण गरेकै हो ।

अहिले बनेको हेल्थ पोस्ट भबनलाइ जग्गा खोज्ने चन्दा उठाउने काममा पनि कसेरै लागेको हु । त्यति खेर त्यसरी जग्गा नखोजेको भए अहिले बनेको हेल्थ पोस्ट बन्ने नै थिएन । माथी उल्लेखित काम म एकलैले गरेको होइन मात्र भन्न खोजेको गाउको बिकास निर्माणमा निरन्तर जोडिएको छु भन्न खोजेको कुरा त्यही हो ।

केही बर्ष देखि म प्रत्येक साल गाउँ गाको छु । केही न केही सहयोग गरेकै छु । गाको बेलामा मेरो सम्पुर्ण समय गाउँ कै बिकास निर्मानका काममा बिताएको छु । भुकम्प आउदा गाउँ गए । गाउलेको सुख सुखमा साथ दिए । करिब करिब पन्ध्र लाख पैसा गाउमा लगेर बाडे। त्यस्पछी स्कुल भबन बनाउन करिब सात लाख पैसा उठाएर गाउँ पठाए । मलाइ लाग्छ मैले जे सकेको गरेको छु।मेरो पनि परिवार छ । साना नानिबाबुहरु छन। गाउको लागि केही गर्छु भनी उनिहरुको गाँस कटाई जाने गरेको छु ।

गाउको बिकासको बारे बेला बेला लेख्ने गरेको छु। मैले जहिले पनि एउटै कुरा उठाउदै आएको छु। सबै मिलेर गाउँ बनाउँ । खासमा यति कुरा पनि किन लेखे भने केही आफन्तहरुले बिदेशमा बसेर बिकासको कुरा गरेको भनेर चित्त दुखाएको देखियो । बिदेशमा बस्नु हामी सबैको बध्यता हो । रहर होइन । बिदेश बसे पनि गाउको बारेमा सोच्नु केही गरौं भन्नू अपराध होइन होला । कतिपयले नाम कमाउन त्यसो गरेको भनेको पनि सुने । मलाइ लाग्छ विशेष गरि युरोपमा रहने साथीहरु र मैले गाउमा जति सहयोग गरे अर्कै ठाउमा गरेको थियो भने देश भरका मान्छेले चिन्थ्यो होला । जे होस अब कित नेपाल नै गएर बसिन्छ कि त अरु नै क्षेत्रमा नै लगानी गरिन्छ गाउको बारेमा नदुखेको ठाउको दुखाउने काम गरिने छैन ।