स्वास्थ्य, प्रतिष्ठा र विकासका लागि सरसफाइ

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर २१, २०७३

कृष्ण रानामगर,
धादिङ मुलपानी मंसिर २१ ।
सफा घर, चर्पी, खाना र पानी, नियमित गरौँ हात धुने बानी बसालौं,भान्ने नाराको साथ मुलपानी गाउँ विकास समितिलाई आज विशेष समारोह विच खुला दिसामुक्त गाविस घोषणा गरिएको छ ।

मुलपानी गाविस कार्यालय,खानेपानी ,सरसफाइ तथा स्वच्छता समिति मुलपानीको आयोजनामा भएकोले सो कार्यक्रममा जिल्ला विकास समिति धादिङ योजना अधिकृत युवराज अर्यालको प्रमुख आतिथ्यमा र मुलपानी गाविस सचिव तिलराम बि.क. को अध्यक्षतामा भएको थियोे ।

कार्यक्रममा जिल्ला खानेपानी कार्यालयका ओमहरि ताम्राकार ,जिल्ला जनस्वास्थ्यका शरद आचार्य लगायत विभिन्न राजनैनिक दलका नेता तथा प्रतिनिधि र विभिन्न गाविस भरिका विभिन्न संघ संस्थाका प्रमूख तथ प्रतिनिधिहरुको आतिथ्यता रहेक थियोे । कार्यक्रममा गाविस भरिका जनसमुदायको उपस्थिति रहेको थियोे । यस घोषण संगै धादिङ जिल्लाको मुलपानी गाविस १३ औँ खुला दिसा मुक्त गाविस भएको छ।