विवाहपञ्चमी पर्व आज मनाईंदै

Avatar photo
Dhadingpost
आइतवार, मंसिर १९, २०७३

धादिङ मंसिर १९-

janakimandir-janakpur

आज देशभर विवाहपञ्चमी पर्व मनाइदै छ । भगवान श्री राम र माता सीताको वैवाहिक कार्यक्रम अन्तर्गत आज विवाहोत्सव मनाउने गरिन्छ ।आज जनकपुरको जानकी मन्दीरमा विशेष विवाह महोत्सव लाग्दै छ ।

विवाहपञ्चमीमा सहभागी हुन नेपाल–भारतका विभिन्न स्थानबाट हजारौं श्रद्धालु जनकपुर पुगेका छन् । यसअघि शनिबार मटकोर कार्यक्रम गरिएको थियो ।

मटकोरमा जानकी मन्दिरबाट बाजागाजाका साथ स्थानीय महिलाले जनकपुरको ऐतिहासिक गंगासागरमा पुगि विहेको मडवा बनाउनको लागि माटो ल्याएका थिए ।