राष्ट्रपतिको आह्वान आज सर्वदलीय वैठक वस्दै

Avatar photo
Dhadingpost
आइतवार, मंसिर १९, २०७३

धादिङ मंसिर १९-

bhandari

पछिल्लो समय सत्ता पक्ष र प्रतिपक्ष विच देखिएको राजनैतिक धुर्वीकरणई अन्त्य गर्नको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आह्वान गरेकी छिन् ।

आज दिउसो ४ बजे सबै दललाई शीतलनिवास बोलाएकी छिन् ।
दलीय सहमतिबाटै संविधान संशोधन र कार्यान्वयनमा जुट्न प्रमुख दलका शीर्ष नेतालाई आग्रह गर्दै आएकी छिन् ।
प्रमुख प्रतिपक्षि नेकपा एमालेले संशोधन विरुद्ध उत्रिएको छ भने मधेसी मोर्चाले समेत यथास्थितिमा संशोधन प्रस्तावको समर्थन गर्न नसकिने जनाउँदै आएको छ ।

सरकारले मंगलबार संविधान संशोधन प्रस्ताव गर्ता गराएपछि देशका विभिन्न क्षेत्रमा आन्दोलन सुरु भएको छ ।