धादिङ मंसिर १७ । बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालयमा प्रभावित क्षेत्रका बासिन्दा र प्रहरी बीच झडप भएको छ ।
गोरखाको घ्याल्चोक स्थित सिउरेनीटारमा रहेको बूढीगण्डकी जल विद्युत आयोजनाको कार्यालयमा पुगेका प्रभावित क्षेत्रका बासिन्दाहरुले, मुअब्वजाको विषयमा ताला लगाउ खोजेपछि बिहिबार दिउँसो प्रहरी सँग झडप भएको हो ।
झडप नियन्त्रण गर्न प्रहरीले दर्जनौ अश्रुग्यास प्रहार गरेको थियो । कार्यालयमा शान्तिपूर्ण तवरले ताला लगाउन खोज्दा प्रहरीले दमन गदै लाठी चार्ज गरेको र अश्रुग्यास प्रहार गरी आयोजना अवरुद्ध गर्न सरकार नै लागेको पिडितहरुले बताएका छन् । हामीलाई दमन गरेर गोली ठोकेर कसरी आयोजाना सफलहोला उनीहरुले चिन्ता व्यक्त गर्दै बन्दुक तेस्र्यायर आयोजाना सफलहुन्न मुअब्जा सम्मान जनक नभएकोले आन्दोलनमा उत्रनु परेको बताए ।
अहिले तालबन्धी गर्न खोजेका थियौ, प्रहरी लगाईयो आन्दोलन कुनै रहर होईन बल प्रयोग गरे हामी पिडित पनि चुपलागेर बस्ने कुरै आउँदैन सरोकार समितिका एक सदस्यले बताए । ति सदस्यले आयोजानाका मान्छेहरुले धादिङका पत्रकारलाई राजमार्गका होटलमा लगेर पार्टी गराएको सुनिएको छ, गोरखाका पत्रकारलाई पनि त्यसै गर्लान् उनीहरुले पिडितका पक्षमा के लेख्लान र तर सरकारले हामी पिडितलाई लखेट्न खोजेको छ यस बिषयमा सचेत छौ भने ।
बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका संयोजक, हरेराम ढकालले आन्दोलनका क्रममा प्रहरीको झडपबाट घाईते भएका स्थानियहरुको शिघ्र्र स्वास्थ्यलाभको कामना गर्दै मरिन्छ तर आन्दोलन सफल बनाए रै छाड्ने बताउनु भयो । फोटो पत्रकार पोषनाथ अधिकारीको फेसबुकबाट