मंसीर १६ एजेन्सी । ब्राजिलियन फुटवल टिम बोकेको बिमान ईन्धन सकिएका कारण दुर्घटना भएको दावी गरिएको छ । कोलम्बियामा पुगेर दुर्घटना भएको ८१ जना सवार सो बिमानबाट ६ जीवित उद्धार गरिएको थियो ।
ब्लाक बक्समा प्राप्त रेकर्ड अनुसार ईन्धन सकिन लागेकाले पाईलटले जहाज आकस्मिक अवतरणको लागि पटक पटक अनुमति माग गरेका थिए ।
रेकर्डको अन्तिम आवाजमा हामी ९ हजार फिट माथि उडिरहेका छौं भन्ने रहेको छ । त्यस लगत्तै जहाज दुर्घटनामा परेको थियो ।