टर्कीमा शक्तिशाली भूकम्प जाँदा ३०० भन्दा बढीको मृत्यु

Avatar photo
Dhadingpost
सोमवार, माघ २३, २०७९

एजेन्सी । दक्षिण–पूर्वी टर्कीमा गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३०० भन्दा बढी पुगेको छ । सिरियामा दुई सय ३० र टर्कीमा ७६ जना बढीको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

टर्कीको १० सहरमा भूकम्पको झट्का महसुस गरिएको यहाँका सरकारी अधिकारीहरूले बताएका छन् । उक्त झट्का लेबनान र साइप्रसमा समेत महसुस भएको बताइएको छ ।सिरियाली सीमा क्षेत्रमा रहेको टर्कीको गाजियान्टेप सहरनजिक केन्द्रबिन्दु भएर स्थानीय समयअनुसार बिहान ४ः१७ मा भूकम्प गएको अमेरिकी जियोलजिकल सर्वेले जनाएको छ ।

हालसम्म टर्कीमा चार सय ४० र सिरियामा ६ सय ३९ जना घाइते भएका समाचारमा उल्लेख छ । मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ । अहिले उद्धार कार्य जारी छ ।