सरकारी तथ्याङ्क मात्र आधिकारीक -अर्याल

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर १६, २०७३

धादिङबेसी मंसिर १६ । नेपाल सरकारले पास गरेको तथ्याङक मात्र सहि तथ्याङ हुने धादिङका स्थानिय विकास अधिकारी भगवान अर्यालले बताउनु भएको छ ।

जिल्ला बिकास समिति धादिङले आयोजना गरिएको सुचना ब्यबस्थापन कार्यशाला सम्बन्धी २ दिने तालिमको समापन समारोमा सो कुरा बताउनु भएको हो ।

भुकम्प पछि धादिङ जिल्लाको तथ्याङक संकलनमा केही ब्यबस्थित र मर्यादित भएको बताउनु भयो ।
बस्तुगत ढंगले सूचना क्षेत्रमा काम गर्न जिल्ला विकास समिति तयार भएको र पुनर्निमाण कार्यमा सबै संस्था सँग हातेमालो गरेर काम गर्ने बताएका छन् । यसै गरी जिल्ला विकास समिति धादिङका योजना तथा अनुगमन अधिकृत युवराज अर्यालले सूचना विना कुनै पनि काम गर्न नसकिने बताउँनु हुँदै सरकारी कार्यालयबाट आवश्यक अनुसार सूचना नपाउने गरेको बताउनु भएको छ ।

भुकम्प पछिको पुननिर्माण कार्यलाई ब्यबस्थित गर्नु सहयोग पु¥याउने उद्धेश्यले उक्त कार्याशाला कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधहरुको सहभागिता रहेको थियो ।