धादिङ मंसिर १५ । नेपालको प्रमुख जात्राहरु मध्ये त्रिपुरासुन्दरीको अनौठो जात्रामा नेपाल सरकारका उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकर आृनु हुने भएको छ ।
विगतका वर्षहरुमा जस्तै माओवादी केन्द्रले जात्राको अवसरमा त्रिपुरासुन्दरी भगवतीको मन्दिर परिसरमा गर्ने गर्ने साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न उर्जा मन्त्री शर्मा आउन लाग्नु भएको हो ।
हजारौ भक्तजनहरु जात्रामा सहभागि हुने यस न्वागी जात्राको महत्वपूर्ण पाटो त्रिपुरासुन्दरी भगवतीको प्रतिक मुर्ति कसैले पनि हेर्न पाउदैनन् । यो वर्षको जात्रा मंसिर १६ र १७ हुन गहि रहेकोले १७ गते माओवादी केन्द्र धादिङले राष्ट्रिय तथा स्थानिय कलाकारको बजोड प्रस्तुति रहने साँस्कृतिक कार्यक्रमले जात्राको सुन्दरता झनै आकर्षक हुने बताईएको छ ।
माओवादी केन्द्रका जिल्ला सह इन्चार्ज रामबहादुर भण्डारीका अनुसार सल्यानकोट स्थित मन्दिरबाट १७ गते बिहान त्रिपुरासुन्दरी भगवती माईलाई बेसी आगिन्चोक हाँसे पसल नजीक मन्दिरमा ल्याईसके पछि सास्कृतिक कार्यक्रम सुरु हुनेछ ।
जात्रामा जुवा तास झै झगडा र अस्त व्यस्ततालाई सहजतामा ल्याउन विगतका वर्षहरुदेखि साँस्कृतिक कार्यक्रम गर्न थालेका छौ यो पहिलो कार्यक्रम होईन स्थानिय र भक्तजनको मागले गर्दा हामीले सास्कृतिक कार्यक्रमलाई निरन्तरता दिदै आएको सामेत नेता भण्डारीले धादिङपोष्टलाई बताउनु भयो ।