गोविन्द केसीको स्वाथ्य स्थिति नाजुक

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १४, २०७३

काठमाडाैं, मंसिर१४ ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बर्खास्ती र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा केपी सिंहको राजीनामाका सवालमा कुरा नमिलेपछि गोविन्द केसी र सरकारका प्रतिनिधिबीच सोमवार भएको वार्ता पनि पनि निष्कर्षमा पुग्न सकेन ।

चिकित्सा शिक्षा र सेवासँग सम्बद्ध १० बुँदे मागसहित १७ औं दनदेखि आमरण अनसनरत केसीको स्वास्थ्य स्थिति भने एकदमै नाजुक भैसकेको छ । मंगलबार केसीको अनसन १७ औं दिनमा पुगेको छ । संस्थानको डिन हटाउनु भन्दा पनि यसमा निष्पक्ष नियुक्तिको लागि प्रकृया बनाउनु पर्ने तर्क सरकारी पक्षले अघि सारेको थियो ।

केसीको स्वास्थ्यमा दिनहु जटिलता थपिदै जाँदा समेत सरकारी वार्ता टोलीले केसी पक्षलाई थकाउने रणनीति अपनाएको आरोप लगाए। सरकारी वार्ता टोलीका शिक्षा सचिव शान्त बहादुर श्रेष्ठले वार्ता सहमति नजिक पुगेको दावी गरे । कान्तिपुर दैनिकमा खबर  छ ।