दार्खा धार्नामा जीप दुर्घटना

Avatar photo
Dhadingpost
आइतवार, मंसिर १२, २०७३

शुक तामाङ,
धादिङ मंसिर १२ । उत्तरी धादिङको दार्खा गाउँ विकास समितिको वडा नं ८ धार्नामा जीप दुर्घटना हुदाँ ५ जना घाईते भएका छन् ।

घाईते सबैलाई धादिङबेसी स्थित जिल्ला अस्पतालमा ल्याई उपचार गराईएको छ । धादिङबेसीबाट दार्खाको डुन्डरे तर्फ जाँदै गरेको जीप शनिबार दुर्घटना भएको थियो ।

नेपाल सरकार ले घर पुनर्निर्माण को लागि दिएको पचास हजार निकालेर धादिङ बेसिबाट आफ्नो घर तर्फ फर्किन्दै गर्दा ना १ ज २२०९ को जीप दार्खा गा बि स को धार्ना गाउँ मा दुर्घटना हुँन्दा लापा गा बि स को ३ जना झर्लाङ गा बि स को १ जान सिकिस्ता घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हरु मध्ये गम्भीर ३ जनालाई जिल्ला अस्पताललजिल्ला अस्पताल धादिङले काठमाडौ रिफर गरेको छ भने अन्यको उपचार जिल्ला अस्पतालमै भैरहेको छ ।