प्याब्सनको जिल्ला स्तरीय वक्तृत्वकलामा सुनगाभा प्रथम

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ११, २०७३

धादिङ सल्यानटार मंसिर ११ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, प्याब्सन धादिङले आयोजना गरेको वतृत्वकालामा धादिङबेसी स्थित सुनगाभा एकेडेमी प्रथम भएको छ ।
सल्यानटार बालबिकास ई. बाेर्डिङ स्कुल सल्यानटारमा शुक्रबार भएको अहिलेको समसामियक विषय “संघियता अाजकाे अावश्यकता” शीर्षकमा जिल्ला स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियाेगिता मा सुनगाभा प्रथम भएको हो ।

सुनगाभा एकेडेमीकी छात्रा सञ्जिला काप्री प्रथम, सल्यानटार बालबिकास ई बाेर्डिङ स्कुलकी छात्रा सम्झना ढकाल द्वितीय, सुनगाभा एकेडेमीका छात्र निश्चल पाठक तृतीय र सल्यानटार युनाइटेड बाेर्डङकी छात्रा संज्ञारिता बसाैला सान्त्वना भएका थिए ।

एक विद्यालयबाट दुई जना सहभागी भएकाे उक्त कार्यक्रममा दुवै सहभागीहरुकाे प्राप्ताङ्कलाई जाेडेर विद्यालय तर्फ सुनगाभा एकेडेमी प्रथम, सल्यानटार बालबिकास ई बाेर्डिङ स्कुल द्वितीय, मुनाल एकेडेमी तृतीय र चिल्ड्रेनपार्क बाेर्डिङ स्कुल सान्त्वना भएका थिए ।पुरस्कृत विद्यार्थी र विद्यालयहरुलाई बालबिकासका प्रबन्ध निर्देशक ईश्वर बुर्लाकाेटी, प्रमुख अतिथि र सभापतिले मेडल, शिल्ड र प्रमाण पत्र वितरण गर्नुभएकाे थियाे ।

प्याब्सन धादिङका उपाध्यक्ष भुवन त्रिपाठीकाे सभापितत्वमा सम्पन्न कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रिय सदस्य नवराज अाेझा प्रमुख अतिथि, सल्यानटार सामुदायिक क्याम्पसका प्रमुख टंकप्रसाद सिलवाल र नेत्रावति सामुदायिक क्याम्पसका प्रमुख बालकृष्ण तिमल्सेनाकाे विशिष्ट अातिथ्यताहेकाे थियाे ।

बीसजना प्रतियाेगिहरुले भाग लिएकाे उक्त कार्यक्रममा दिइएकाे विषय हाल राजनैतिक वृत्तमा समेत खुल्ला छलफल हुन नसकेकाे साथै देश संघियतामा गएकाे भएपनि यसकाे विषयमा जनमानसमा भ्रम सिर्जना भएकाे संचार माध्यमले समेत यसप्रति चासाे नदिएकाे साथै पाठ्यबस्तुमा समावेस भएकाे संघियता असाध्यै थाेरै र अपुग भएकाे भन्दै यस विषयलाई देशब्यापी रुपमा विद्यार्थीहरुलाई वक्तृत्वकला गराउन सके संघियता प्रष्टहुने जिकिर प्रमुख अतिथि अाेझाले गर्नुभएकाे थियाे।

अर्का विशिष्ट अतिथि टंकप्रसाद सिलवालले कार्यक्रम असाध्यै सान्दर्भिक र विषयवस्तु गहन भएकाले बालबालिकाहरुकाे प्रस्तुती क्षमता अब्बल रहेकाे भन्दै कुनाकन्दरामा अायाेजना गरिएकाे याे कार्यक्रम देशैभरी अायाेजना हुनुपर्ने साथै यस्तै प्रस्तुती र विचार राख्दै मानिस भविष्यकाे विचारक र समाज परिवर्तनकाे संवाहक बन्ने बताउनु भएकाे थियाे । कार्यक्रममा अातिथ्य विद्यालयका प्रिन्सिपल हरि भट्टले यस्ताे गरिमामय कार्यक्रम अाफ्नाे विद्यालयले अायाेजना गर्न पाएकाेमा प्याब्सन धादिङ प्रति अाभार प्रकट गर्नुभएकाे थियाे ।