सोसल मिडिया, सर्च इन्जिन अप्टिमाइजेसन र आइटीको भविष्य

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ११, २०७३

पोखरा मंसिर ११ । शैक्षिक अभियान, ERROR 404 को आयोजना र लिभिङ्ग विथ ICT आइटीमा करिअर बनाउन चाहने बिद्यार्थीहरुका लागि एकदिने आइटी करियर काउन्सिलिङ्ग र SEO सेमिनार सम्पन्न भएको छ।

पोखरा स्थित पश्चिमाञ्चल इन्जिनीयरिङ्ग क्याम्पसमा भएको वर्कशपमा बिद्यार्थीहरुलाई सोसल मिडिया, सर्च इन्जिन अप्टिमाइजेसन र आइटी क्षेत्रको भविष्यको बारे जानकारी गरार्ईको थियो ।

सानै उमेरमा नेपालमा सर्च इन्जिनका विज्ञका रुपमा चिनिएका प्रकाश खतिवडाले वेभ टेक्नोलोजीलाई लगानीको अवसर बनाउन र कुनै पनि वस्तु तथा उत्पादन र सेवाको वेभ कन्टेन्टलाई सर्च इन्जिनमा नम्बर १ मा ल्याउनमा सहयोग गर्ने वेब टुल SEO को बारेमा सहभागी विधार्थीलाई जानाकारी गराउनु भएको थियो । साथै बक्ता ई.कृष्ण खनालले आइटी क्षेत्र भित्रको वर्तमान अवस्था र भावी दिनमा आउन सक्ने चुनौती र समाधानको विषयमा प्रकाश पार्नुभएको थियो।

१५० भन्दा बढी बिद्यार्थी संलग्न उक्त कार्यकम संचालक एलिसा शर्माले सरकारी क्याम्पसहरुमा एस्ता सेमिनारहरु बिरलै हुने गरेको बताउनु हुदै ERROR 404 का सक्रिय सदस्यहरु निमेस बाबु ओली र सुजन पाण्डेले आगामी दिनहरुमा एस्ता कार्यक्रम आयोजना गर्न क्याम्पस प्रसाशनले भूमिका खेल्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा क्याम्पसका इलेक्ट्रोनिक्स तथा कम्प्युटर इञ्जिनियरिङ्ग संकायका विभागीय प्रमुख हरि प्रसाद बराललिभिङ्ग को प्रमुख अतिथिको आसन ग्रहण गर्नु भएको थियो भने प्रकाश खतिवडा र ई. कृष्ण खनालको बिशेष आतिथ्यता रहेको थियो ।